चन्द्रपुर,२७ साउन । पुर्व मन्त्री प्रभु साह, आफ्नो निर्वाचन क्षेत्र नं ३ अनतर्गत फतुवा विजयपुरमा विभिन्न विकास निर्माण सम्बन्धी कार्यहरुको निरिक्षण गरेका छन् ।
फतुवा बिजयपुर नपाको विजयपुरको पांच मौजा सिंचाई , दुधिया सिचाइ, सुलभ सिंचाई र अडूवा सिंचाईको अनुगमन तथा निर्माणाधिन आयोजनाहरुको पुर्व मन्त्री साह निरीक्षण समेत गरेका थिए ।
समयमा तत्काल काम सम्पन गरी किसानहरूलाई सहज तरिकाले पानी उपलब्ध गराउनु पर्ने सम्बन्धित कर्मचारी र ठेकदारलाई निर्देशन समेत दिए ।
निर्माणाधिन बिजयपुर विवाह भवनको पनि निरिक्षण गरेका छन् । सिंचाई आयोजनाहरुको अनुगमन र निरिक्षण पश्चात दुधिआवामा सडकका, सहरी बिकास र सिंचाईका कर्मचारी सहित स्थानीयहरूसंग विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेका थिए । गुजरा नगरपालिकाको कटानी बजारमा विकास निर्माणधिन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेका थिए ।
कार्यक्रम पछि कटानीको पशुपति मन्दिर र बाटोको पनि निरीक्षण गरेका थिए । कुन्दन कुसवाहा , बामपन्थी नेताहरु अमर साह , चन्देस्वर बैठा , टेकनाथ पौडेल , पुर्व गाबिस अध्यक्ष अरविन्द यादव , मेयर प्रत्यासी पलट चौधरी , हरिबंस मैनाली , संजय साह , ब्रहामानारायण यादव , लगायतको उपस्थिती थियो ।