गौर,२८ साउन ।
अन्र्तराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेका एकजनालाई रौतहट प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ ।
आठौ साफ खेलकुदमा कास्य पदक बिजेता उपेन्द्र दास बैरागीको १० बर्ष पहिला जिल्ला सदरमुकाम गौरमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो ।
बैरागीको हत्यामा संलग्न रहेका देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने सोनफी हजरालाई गौर नगरपालिका वडा नं. ५ बाट बुधबार जिल्ला प्रहरी कार्यलय रौतहटले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका सुचना अधिकारी नारायण प्रसाद चिमरीयाका अनुसार बैरागीकी श्रीमती राम कुमारी देवीले कर्तव्य ज्यान मुद्धामा हजरा बिरुद्ध जाहेरी दिएकी थिइन् ।
उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए ।
देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखा दक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि पीडित परिवारले क्षतिपूर्ती र न्याय पा“उन सकेका थिएनन् ।
१० बर्ष सम्म हत्यामा संलग्न पक्राउ पर्न नसक्नु र राज्यबाट समेत क्षेतीपुर्ति नपाउदा बैरागी परिवार पिडित बन्दै आएको थियो ।
हत्यामा संलग्न एकजना १० बर्ष पछि फेला परेको भएपनि वास्तबिक हत्यारा अझै फेला पर्न नसकेको बैरागीका छोरा प्रेम यादवले तराई एक्सप्रेसलाई बताए ।
हत्यामा संलग्न २ जना अझै गाउघरमै भएको भएपनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको प्रेमको भनाइ रहेको छ । २०७८ साउन २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here