चन्द्रपुर,२८ साउन । बोलबम बोकेको बोलेरो गाडी रौतहटको नुनथर स्थित नहरमा खस्दा एकजना बेपत्ता भएकी महिलाको शव बुधबार दिउसो फेला परेको छ । बारा जिल्ला बाट गत सोमबारको दिन रौतहटको नुनथरमा जल लिन गएको बोलबम चढेको गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित बागमती सिंचाईको नहरमा खसेको थियो । ना ५ च ३१६६ नम्बरको बलेरो गाडी आज बिहान ४ बजे नहरमा खसेको थियो ।
बलेरो नहरमा खस्दा बेपत्ता भएकी बारा जिल्लाको कोल्बी नगरपालिकी ६५ बर्षकी सोनरी देवी मुखिया बेपत्ता भएकी थिइन् ।
उनको शव बुधबार दिउसो चन्द्रनिगाहपुर बागमती सडक खण्डको लच्का नजिकै फेला परेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुई दिन सम्म नहरको पानी सुकाएर शवको खोजतलास भएको थियो । सो दुर्घटनामा सोही नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको थियो । नहरमा खसेको बलेरो क्रेनको सहायताले निकालिएको थियो । २०७८ साउन २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।