रौतहट,३१ साउन । नेकपा एमालेको गुजरा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष तुलसी राज गिरीले जनताबाट निर्वाचित ओलि सरकारले राम्रो काम गर्दागर्दै अवरोध खडा हुँदा जनादेशका लागि जनतामा जान खोज्दा परमादेशबाट हटाइएको बताएका थिए । आसन्न स्थानीय र आम निर्वाचनमा जनताले अन्र्तघाती र प्रतिक्रियावादीहरुको अपवित्र गठबन्धनलाई सजाय दिई सवक सिकाउने बताएका थिए ।
भेलामा राष्ट्रिय परिषद सदस्यहरु उद्वव रेग्मी र मनिशंकर निधि , क्षेत्रीय कमिटी अध्यक्ष इद्रीस सिद्दिकी , नेताहरु हरिनारायण बन्ठा , हरिबंस मैनाली , रामासिस साह, रामजी चौधरी , रामपुल चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सदै चौधरीको अध्यक्षतामा र पदम श्रेष्ठको संचालन भएको कार्यक्रममा थिरबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।
भेलाले गुजरा नगरपालिकामा संगठन विस्तार तथा सुदृढीकरण अभियान सन्चालन गर्न टोलि गठन गरेको छ । टोलीले सदस्यता वितरण र नविकरण , वडा अधिवेशन र नगर अधिवेशन गर्नुका साथै स्थानीय मुद्दाहरु संकलन र उठान गर्ने एमाले युवा नेता जमालुदिनले तराई एक्सप्रेसलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here