चन्द्रपुर, ३२ साउन । सनराइज बैंक लिमिटेडले रौतहटमा आफ्नो ८६ औं शाखा विस्तार गरेको छ । सनराइज बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.–९,चेतनगर विर्तामा आफ्नो ८६ औं शाखा विस्तार गरेको हो । चन्द्रपुरको चेतनगर विर्तामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा श्रीशैलेन्द्र चौधरीलाई नियुक्त भएको हो । शनिवार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम चन्द्रपुरनगरपालिका वडा नं.–९ का वडाअध्यक्ष श्रीगोविन्द प्रसाद दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सनराइज बैंक चन्द्रनिगाहपुर शाखाका शाखा प्रबन्धक सतिश महर्जनको अध्यक्षता र सन्राइज बैंक प्रदेश नं.२ का प्रदेश प्रमुख रोहित कुमार महासेठको बिशेष अतिथ्यमात सो शाखा द्घाटन गरेको सनराइज बैंक लिमिटेडका शाखा प्रमुख सतिश महर्जनले जानकारी दिएका छन् । सो कार्यक्रममा स्थानिय, प्रहरी, शिक्षक, स्थानीयउद्योगी, व्यवसायिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । सनराइजले आफ्नो ८६ औं शाखा विस्तारको अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीकालागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिनसकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुखआयस्रोत रहेको सो क्षेत्रकाबासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाईएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,८५वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत आफ्ना सातलाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमापनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको बैंकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here