पूर्व–पश्चिम राजमार्गसंग जोडिएको यो नगरपालिकाको पूर्वमा सर्लाहीको बाग्मती नगरपालिका, पश्चिममा जिल्लाकै गुजरा नगरपालिका, उत्तरमा मकवानपुरको चुरेफेदी, दक्षिणमा वृन्दावन र गुजरा नगरपालिका पर्छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिका सुगम मानिन्छ । स्थानीय तहको निर्वाचनपछि नगरको विकास निर्माणले गति लिएको नगर प्रमुख रामचन्द्र चौधरी बताउंछन् । स्थानीय तहको निर्वाचन पछि सबैभन्दा धेरै विकास निर्माणको काम चन्द्रपुर नगरपालिकामा भएको मेयर चौधरीको भनाइ छ । उनको कार्यकाल लगभग सकिदै छ । यस अवधीमा नगरमा कस्ता खालका विकासका काम भए ? भन्ने विषमा तराई एक्सप्रेसले चौधरीसंग गरेको कुराकानीको सार ।
तपाईंको कार्यकाल सकिन लाग्यो ,नगर प्रमुख भएर आएपछि यहा“का जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालयलाई आफ्नै भवनमा ल्याउने योजना थियो । सोही अनुसार प्राथमिकतामा राखेर तिब्रगतिमा भवन निर्माण ग¥यो । अहिले नगरपालिकाले आफ्नो भवनबाटै कार्यसम्पादन गरिरहेको छ । जनप्रतिनिधिको जिम्मेवारी पाए पनि कर्मचारी अभाव जस्ता विविध समस्याले नगरपालिकाको काम अस्तव्यस्त थियो । निकै चुनौती र समस्या भएका बेला नगर प्रमुखको जिम्मेवारी पाएका थियौं । त्यसैले यसको व्यवस्थापन गर्दै नगरपालिकाको कामलाई सरल र सहज बनाउन अग्रसर भयौं । नगरवासीले अहिले जनप्रतिनिधि आएको महसूस गर्न पाएका छन् । नगरवासीको समस्या वा गुनासोका बारेमा प्रत्यक्ष संवाद गर्दै आएका छौं । कार्यालयमा आएका सेवाग्राहीले नगरप्रमुखसंग सजिलै जिज्ञासा वा समस्या राख्न सक्ने व्यवस्था गरिएको छ, जस कारण नगरवासीकै संग्लग्नतामा समस्याको समाधान गर्न सकेका छौं । साथै विकासका काममा पनि सहज भएको छ ।
जादै जादै तपाईको पालामा चन्द्रपुरमा कस्ता खालका विकास भए त ?
रौतहट जिल्लामै सबैभन्दा धेरै विकासका काम चन्द्रपुर नगरपालिकामा भएको छ । पूर्वाधार विकासका काममा हामीले तिब्रता दियौ । जिल्लामा सबैभन्दा बढी कालोपत्र यही नगरपालिकामा भएको छ । करीब ८० किलोमिटर सडक स्तरोन्नति गरेर कालोपत्रे गरेका छौ । नगरका बिभिन्न वडामा ४० किलोमिटर सडक ढलाना गरेका छौं । २० किलोमिटर सडकमा हामीले पानी पिच गरेकाछौं ।
नगरलाई स्मार्ट सिटी बनाउने योजना अनुरुप नाला निर्माणका काम गरेकाछौ । यस्तै नगरको प्रोफाइल पनि बनेको छ । नगरपालिकाले अनलाइन प्रणालीलाई विशेष जोड दिएर काम गरेको छ । नगरपालिका तथा वडा कार्यालयका सबैजसो काम यसै प्रणालीबाट हुंदै आएका छन् । नगरभित्रकामाध्यमिक विद्यालयहरूमा कम्प्युटर जडान गरेका छौं । अस्पतालको औषधि लगायत व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ ।
विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के देखिए ?
सुरुमा विकास बजेट कार्यान्वयनको मुख्य समस्या र चुनौती भनेको कर्मचारी समायोजन नै रह्यो । पछिल्लो समय आएर विकासका काममा नगरपालिकाले तिब्र गती लियो ।
शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनका लागि नगरले कसरी काम ग¥यो त ?
नगरपालिकाभित्र सामुदायिक विद्यालय ४६ ओटा छन् । यस्तै ४२ ओटा निजी विद्यालय र ५८ ओटा बाल विकास केन्द्र छन् । सबै विद्यालयलाई व्यवस्थित गर्दै एकै प्रकारको शिक्षा अवलम्बन गर्ने योजना थिाय ,तर कोरोनाले समस्या खडा ग¥यो । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने योजना नगरपालिकाले बनाएको छ र केही विद्यालयमा शुरुआत समेत भइरकेको छ । आगामी केही वर्षभित्र सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरू हुनेछ, यसले नगरको शिक्षामा सुधार आउने अपेक्षा गरेका छौं । स्वास्थ्यमा पनि उत्तिकै महत्त्व दिएका छौं । साविक गाविसमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरेर हरेक नागरिकको पहुंचमा स्वास्थ्य सेवा पु¥याइएको छ । चन्द्रनिगाहपुर सरकारी अस्पताललाई १५ शैयाबाट ५० शैया बनाउने लक्ष अनुरुप काम भइरहेको छ । नगरमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । यसबाट अधिकांश नगरवासी लाभान्वित भएका छन् । म आफै स्वास्थ्य बीमा समितिको अध्यक्ष समेत भएकाले यो कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिएको छु ।
शहरी विकास तथा व्यवस्थापनका लागि के गरिदै छ ?
शहरी विकासका लागि चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको अवधारणामा अघि बढेको छ । देशभर प्रस्तावित १३ ओटा स्मार्ट सिटीमध्ये यो नगरपालिका पनि परेको छ । नगरपालिकाले सडक, सूचना तथा प्रविधि लगायत पूर्वाधारको विकासलाई प्राथमिकता दिएको छ । नगरका सबै क्षेत्रमा सूचना तथा प्रविधिको पहुंच पु¥याउने लक्ष्य छ । शहरी विकास अन्तर्गत भौतिक पूर्वाधार विकासमा जोड दिएका छौं । यस्तै पार्क, पर्यटकीय क्षेत्र, खेलमैदान तथा खानेपानीको विकास र व्यवस्थापनमा पनि काम गर्दै छौं ।
तपाईको कार्यकालमा नगरबासीले देख्ने के काम गर्नु भयो ?
धेरै काम भएका छन् ,जस्तोकी चन्द्रपुर नगरपालिकाले अव तत्काल एकिकृत व्यापारीक केन्द्रको निर्माण गर्दे छ ,त्यो मेरै पालमा सुरु हुने छ । सुभिदा सम्पन्न बसपार्कको काम हामीले अगाडी बढाएकाछौं । फोहोर मैला व्यावस्थापनका लागि नमुना सेन्टरको निर्माण हुने छ । चन्द्रपुर ८मा कृषि कुलोको काम अगाडी बढेको छ । बेतौनामा हामीले ठुलो खानेपानी ट्याकी निर्माणको काम अगाडी बढाएका छौं ।
कोरोनाको महामारीमा नगरवासीका लागि तपाईले के गर्नु भयो ?
कोरोनाको पहिलो महामारीमा हामीले चन्द्रनिगाहपुरमा सुभिदा सम्पनन आईसुलेसनको निर्माण ग¥यौं । त्यही आईसोलेसनलाई हामीले सुभिदा सम्पन्न कोरोना अस्पतालका रुपमा विकास गरेका छौं । कोरोनाको दोस्रो लहरमा हामीले हाम्रो नगरपालिका मात्र नभएर छिमेकी नगरपालिकाका कोरोना पिडितलाई समेत हाम्रो अस्पतालबाट सेवा दियौ । तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम भयो ?
तोकिएको समयमा विकासको लक्ष्य हासिल गर्ने नगरपालिकाले मापदण्ड अपनाएको थियो । धेरै काम गर्न खोजिए पनि विभिन्न कारण सफल भएका छैनौं । विकास निर्माणको लक्ष्य प्राप्त गर्न दक्ष र प्राविधिक जनशक्तिको पनि आवश्यकता पर्छ । यद्यपि जनताकै माझमा पुगेर योजना छनोट भएकाले जनचाहना अनुसार नै विकासका काम भएकाछन्
नगरपालिकाको कर सम्बन्धी स्थानीयको भनाइ के छ ?
नगरपालिकामा कर सम्बन्धी गुनासो आउने गरेको छ । घरबहाल करमा राज्यले १० प्रतिशत ताकेको छ । अन्य स्थानीय तहले २ प्रतिशत थपेर १२ प्रतिशत लिने गरेका छन् । तर चन्द्रपुर नगरपालिकाले राज्यले तोकेको जति (१० प्रतिशत)मात्र कर उठाइरहेको छ । नगरपालिकाले करको दायरा फराकिलो बनाएको छ । टेन्डरमार्फत कर संकलनको व्यवस्था गरेका छौं ।
पर्यटन विकास र प्रवर्द्धनका लागि नगरपालिकाकाले यो ४ बर्षमा के ग¥यो ?
पर्यटन विकास र प्रवद्र्धनका लागि नगरपालिकाले बृहत् योजना अघि सारेको थियो । नगर क्षेत्रभित्र झरना फेला परेको जंगे झरना जानेबाटोको स्तर उन्नतीको काम भयो । जुन आकर्षणको केन्द्र बन्ने भएकाले यसको विकासका लागि नगरपालिकाले योजना बनाएको छ । नुनथर पर्यटन क्षेत्र, शहीद पार्क, पौराई ब्रम्हथान, कोटिहोम, निजानन्द धाम, डाबरीलगायत धार्मिक तथा पर्यटकीय स्थलमा लगानी गरेका छौं । नगरभित्रका ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन विकास र प्रवर्द्धन गर्ने काम भयो । आन्तरिक आय वृद्धिका लागि पनि पर्यटकीय क्षेत्रको महत्त्व छ । त्यसैले पर्यटन विकासलाई पनि प्राथमिकता दिएका हौं । नगरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सके यहांको आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरेका छौं । सरकारले तय गरेको १०० गन्तव्यको सूचीमा मर्धर सिमसार क्षेत्र समेत परेकाले यसको विकासमा जोड दिएका छौं । यसको डिपिआर तयार गर्ने काम भयो । नुनथरको विकासमा नगरपालिकाले राम्रो लगानी गरेको छ ।
खेलकुदको विकासका लागि नगरपालिकाले यो ४ बर्षमा के ग¥यो ?
चन्द्रपुर नगरपालिकानै जिल्लाभरी एक मात्र नगरपालिका हो जस्ले खेलकुद विकासका हरेक काम गरेको छ । हामीले चार बर्षमा मेयर कप फुटबल प्रतियोगिता ,उपमेयर कप फुटबल प्रतियोगिता ,अन्र्तराष्ट्रि कराते प्रतियोगिता ,मेयर कप राष्ट्रिय पुरुष कराते प्रतियोगिता ,उपमेयर कप राष्ट्रिय महिला कराते प्रतियोगिता ,क्रिकेट प्रतियोगिता हरेक बर्ष ग¥यो । हाम्रो पहलमा तुलसीलाल स्मृती खेल मैदानलाई जिल्लाकै पहिला रंगसालाका रुपमा हामीले काम अगाडी बढाएका छौं । ४२ करोडको लागतमा बन्ने रंगसालाको पहिलो चरणको काम हामीले थाली सकेका छौं । महिला फुटबलको कारखानको रुपमा रहेको रौतहटको चन्द्रपुरका महिला फुटबल खेलाडीका लागि हामीले सक्दो सहयोेग गरेका छौं ।
यो ४ बर्षमा कती वटा नयां वडा कार्यलय बने त ?
चार बर्षको अवधीमा हामीले चन्द्रपुर नगरपालिकाका १० वटा वडा मध्य ३,४ र ७ वडाका वडा कार्यलयका भवन बनाएर हामीले उद्धघाटन गरेका छौं । १ नम्बर वडा कार्यलयलाई स्तरउन्नती गरेर सुभिदा सम्पन्न बनाएकाछौं । ५ नम्बर वडा कार्यलय ८ नम्बर वडा कार्यलय निर्माणको अन्तिम चरणमा पुगेको छ । चन्द्रपुर नगरपालिका भवनको तेस्रो तलाको लागि टेण्डर लागि सकेको छ ।
फेरी पनि तपांई मेयर उठने बजार हल्ला छ ,कुरा के हो ?
अहिलेनै म के उठने भन्ने कुरा भनीहाल्न मिलेन,समयको माग अनुसार म अगाडी बढदै जाने हो । मैले मात्र भनेर केही हुने वाला छैन ,नगरवासीको चाहाना अनुसार मेलै काम गरेको छु । अझै समय छ के हुन्छ हेर्दै जाउ ।
अन्तमा यस पत्रिका मार्फत केही भन्नु छ ?
समग्रमा हामी निर्वाचित भएर आएपछि को र त्यस भन्दा पहिलाको चन्द्रपुर नगरपालिका कस्तो थियो र कस्तो भयो भन्ने कुरा तपाईहरुलेनै अनुमान लगाउन सक्नु हुन्छ । मेरो खासै केही भन्नु छैन् । जिल्लाका अरु नगरपालिकाका बासिन्दाले समेत चन्द्रपुर नगरपालिकाको विकासलाई हेरेर अचम्ममा पर्ने गरेकाछन् । अवको बाकी कार्यकालमा हामी ठुलो देखिने काम गर्ने प्रयासमा रहंने छौ ।
