गौर,१ भदौ । रौतहट प्रहरीले आफुलाई पत्रकार बताउने एकजनालाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गए राति लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का आफुलाई पत्रकार बताउने मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट १ सय ५ थान लागुऔषध नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने रौतहट एक्सप्रेस नामक अनलाईन समाचारका संचालक हुन ।
जिल्ला अदालतको पछाडी बाट नेपाल बैंक जाने सडकमा प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने डिएसपी चिमरियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here