चन्द्रपुर,४ भदौ ।
आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण बनेकाछन् चन्द्रपुर नगरपालिका वडानं ३ का एक युवा । तराई मधेस होस वा पहाड जहां त्यही सैलुन व्यावसायमा प्राय मधेसी मुलका ठाकुर सामुदायको बर्चस्व रहेको पाईन्छ । तर तराईकै जिल्ला रौतहटको चन्द्रपुर वडानं ३ गैडाटारका २२ वर्षिय युवा हिरा लामाले कपाल काटैरै मासिक ३० हजार बचत गर्ने गरेकाछन् ।
२०–२२ बर्ष लागेपछि पासपोर्ट बनाएर दुवई कतार हान्निने हाम्रो समाजमा गांउघरमै समान्य काम गरेर ३० हजार कमाउन सकिन्छ भन्ने कुराको गतीलो उदाहारण बनेकाछन् हिरा लामा ।
आफ्नै गाउघरमा कपाल काटेर पनि कमाउन सकिन्छ भन्ने शोचका साथ हिराले चन्द्रनिगाहपुरका रोषन ठाकुरसंग कपाल काटने सिप सिकेर गैडारको वडा कार्यलय नजिकै सैलुन संचालन गरेकाछन् ।
कक्षा ११ सम्मको अध्यान गरेका लामालाई विदेश जानु भन्दा आफ्नै गाउमा कपाल काटेरै जिबिका चलाउन सकिन्छ भन्ने लागेपछि उनले कपाल काटने कला सिकेका थिए ।
२ बर्ष पहिला समान्य लगानीमा उनले खोलेको सैलुनमा उनलाई कपाल काटेको देखेर धेरैले अचम्म मान्ने गरेको उनको अनुभव रहेको छ ।
आफु सैलुनमा बसिरहेको बेला कपाल दारी काटन आउनेले सैलुनको मान्छे कता गायो भनेर सोध्ने गरेको लामाको भनाइ छ ।
लामो कपाल गोरो अनुहार भएका लामाले मैलेनै कपाल काटने हो ,भन्दा बाहिर बाट आउनेले नपत्याउने गरेको उनको अनुभव रहेको छ ।
चन्द्रपुर नगरपालिका वाडनं ३ मा लामाको मात्र शैलुन पसल रहेको छ । स्थानीय युुवा युवतीहरु उनको सैलुनमा कपाल काटन आउने गरेकाछन् । बाहिरबाट आउनेहरुले भने सैलुनमा कपाल काट्नले लामा हो भन्दा पत्याउन गा¥हो मान्ने गरेकाछन् ।
आफ्नै ठाउमा लाज नमानी काम गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने उनको ठम्याइ रहेको छ । गाउका उनका सर्कलका युवाहरु पासपोर्ट बनाएर विदेश जाने शोच बनाइ रहंदा उनी भने सैलुनमा कपाल काटेर दिनकै खर्च कटाएर एक हजार कमाइ रहेकाछन् ।
चन्द्रपुर नगरपालिकाका वडानं ३ का वडा अध्यक्ष रवी देवकोटाले हिरा लामाबाट अरु युवाहरुले पनि काम सानो ठुलो हुदैन् जस्ले गरे जस्तो काम गरेपनि हुन्छ भन्ने कुराको पाठ सिक्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here