अमृत सापकोटा / चन्द्रपुर,४ भदौ ।
संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन । यसैबिच नेता नेपालको गृह जिल्ला रौतहटमा पार्टी कार्यकर्ताहरु को कस्को पक्षमा छन भन्ने कुरा अन्योलमा रहेको छ ।
जिल्लामा नेपाल पक्षमा लागेका नेताहरू पनि पार्टी विभाजनपछि अलमलमा रहेका छन् । रौतहटमा माओवादी केन्द्रसंग गठबन्धन हुनु भन्दा पहिला नेकपा एमालेमा ८१ सदस्य जिल्ला कमिटि रहेको थियो ।
जसमा माधब पक्षमा ५० सदस्य र संस्थापन पक्षमा ३१ सदस्य रहेको नेकपा जिल्ला कमिटि सदस्य शिव आचार्यले बताए । जिल्लाबाट केन्द्रिय सदस्यमा नेकपा एमालेका जिल्ला ईन्चार्ज लालबाबु यादव संस्थापन पक्षमा छन भने कल्याणी कुमारी खड्का र सरला कुमारी यादव माधब पक्षमा रहेका छन । त्यस्तै नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा रौतहटबाट संस्थापन पक्षमा ९ जना र माधब पक्षमा ७ जना रहेको नेकपा एमाले प्रदेश कमिटि सदस्य उद्धब रेग्मीले बताए । यता बिगतमा माओबादी केन्द्रमा रहेका पूर्व मन्त्री प्रभु साहको पक्षमा ६ जना प्रदेश कमिटि सदस्य रहेका छन । प्रभु साह र उनि निकट नेताहरु पनि नेकपा एमालेको संस्थापन पक्षमै बस्ने विश्वास संस्थापन पक्षको रहेको छ । नेकपा एमाले संस्थापन पक्ष प्रदेश कमिटि सदस्यमा उद्धव रेग्मी, अब्दुल कलाम आजाद, दिलिप साह, सचितानन्द साह, जय चन्द्र पटेल, कपिलदेब पटेल, गुलाम सरवर र माधब नेपाल पक्षका महेन्द्र चौलागाई, जयरानी देवि सहनि, कमलेश झा, शम्भु साह, हरिनारायण यादब, गिरिधारी मिश्र रहेको बुझिएको छ । विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नया“ पार्टीको पक्षमा नखुलकोे, अलमलमा रहेको र ढिलो चाडो संस्थापन पक्षमै आउने रेग्मीले बताए । जिल्लामा एमालेका धेरै नेता तथा कार्यकर्ताहरु पर्ख र हेर को रणनीतिमा रहेको पाईन्छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युताए पछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीच बढ्दै गएको मतभेद विभाजन सम्म पुगेको हो । एमालेको विभाजन पछि ओली र नेपालबीचको पाच दशक लामो सहकार्यमा सम्बन्ध विच्छेद भएको छ । २०४६ साल पछि संस्थापनबाट अलग भएर बनेका नया पार्टी नफस्टाएको र बरिष्ठ नेता माधब नेपाल पनि अप्ठ्यारो बाटोमा हिडेको राजनितिमा चासो राख्ने बुद्धिजिवि वर्गको बुझाई रहेको छ ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिमा अधिकांस ओली पक्षमा रहेकाछन् । नेकपा एमालेबाट चुनाव जितेका सानो संख्याका वडा अध्यक्षहरु को कता जालान त्यो चासोको विषय बनेको छ । नेकपा एमालेबाट स्थानीय तहको सबै भन्दा ठुलो पदमा चुनाव जितेकी एक मात्र चन्द्रपुर नगरपालिकाकी उप मेयर रामरती चौधरी माधव नेपालले खोलेको पार्टीमा जाने आंकलन गरिएको छ । राम कुमार भट्टराई ,लक्ष्मण रेग्मी,कमल यादव शम्भु साह लगाएतका नेता माधव नेपालको पार्टीमा रहनेछन् । यतीबेला समान्य कार्यकर्ता समेत दोधारमा छन् । २०७८ भदौ ४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here