माधोपुर,४ भदौ । जिल्लाको माधव नारायण नगरपालिकाको एक वडाका वडा अध्यक्षले राहतको खाद्ययान्न वडा कार्यालयमा राखेर वितरण नगरेको स्थानीयले बताए । माधव नारायण नगरपालिका वडानं ६ का वडा अध्यक्ष राजि कुमार यादवले २०७७÷४÷७ गते प्रदेश सरकारले कोरोना पिडितका लागि नगरपालिका मार्फत दिएको खाद्ययान्न हाल सम्म पनि वितरण नगरेको स्थानीयले बताए । वडा अध्यक्ष यादवले आफ्नो फेसबुक एकाण्ट मार्फत वडा कार्यालयमा रहेको राहतको समान एक दुइ दिनमा आफुले वितरण वितरण गर्ने कुरा पोष्ट गरेपछि बिहिबार वडा कार्यालयमा स्थानीयको भिड लागेको थियो । तर सो स्थानमा वडा अध्यक्ष यादव थिएनन् । उनी मोवाईलको स्विच अफ गरेर गौर तिर गएको स्थानीयको भनाइ रहेको छ ।
तीन सय बोरा चामल ,३ सय पोका दाल ,६ बोरा नुन ३ सय प्याकेट तेल वडा कार्यालयमा रहेको र त्यसको चावी वडा अध्यक्ष यादवले बोकर हिडेको वडा सदस्य बिर विपुल साहले तराई एक्सप्रेसलाई बताए । एक वर्ष पहिला देखी वडा कार्यालयको गोदाममा रहेको चामल सहितको खाद्यय समान कुहि सकेको हुन सक्ने साहको भनाइ रहेको छ ।
प्रदेश सरकारले एक वर्ष पहिला कोरोनाको पहिलो लहरमा नगरपालिका मार्फत वडा कार्यालयबाट सर्बसाधारणले पाउने गरी दिएको राहतको समान कुहिने अवस्थामा पुग्दा समेत वडा अध्यक्षको बदमासीका कारण सर्बसाधारणले नपाएको स्थानीय बासिन्दा सिबेन्द्र यादवले बताए ।
बिहिबार बिहानैबाट स्थानीयहरु वडा अध्यक्षले राहत दिने भन्दै वडा कार्यालयमा धर्नामा बसेका थिए ।
स्थानीयले राहतको चामल वितरण नगरेर गरिव गाउलेको जिवन माथि खेलवाड गरेको आरोप लगाउदै आएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here