अमृत सापकोटा,वृन्दावन,रौतहट,४ भदौ ।
बृन्दावन नगरपालिकाका कारण सो नगरपालिकाको एक विद्यालयका शिक्षकले लामो समय देखी तलव भत्ता खान पाएका छैनन् ।
बृन्दावन नगरपालिकाको वडानं २ धनगढीमा रहेको लक्ष्मीनाथ वासुदेव प्रथमिक विद्यालयको आर्थिक कारोवारनै बन्द भएको छ ।
सो विद्यलायमा रहेका प्रधानाध्यापकको पेन्सन भएर रिटायर भएपछि विद्यालय व्यावस्थापन समितिले रम्भु प्रसाद यादवलाई प्रधानाध्यापक बनाउनका लागि सिफरिस गरेकोमा नगरपालिकाले लक्षण राय यादवलाई प्रधानाध्यापक बनाउन भन्दै पत्र पठाएपछि विद्यालयमा बिवाद सुरु भएको हो । स्थानीय बासिन्दा र विद्यालय व्यावस्थापन समितिले रम्भु प्रसाद यादवलाई नै प्रधानाध्यापक बनाउनुपर्ने बताइ रहेको बेला राजनैतिक पहंचका आधारमा नगरपालिकाले लक्षण राय यादवलाई प्रधानाध्यापक बनाउन दवाव दिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिपेन्द्र पटेलले तराई एक्सप्रेसलाई बताए ।
सो बिषयमा आफुहरुले पटक पटक मेयर रामस्नेही यादव र कार्यालय प्रमुख नागेन्द्र यादवलाई आग्रह गर्दा समेत सुनुवाई नभएपछि स्थानीयले नगरपालिका विरुद्ध उच्च अदालतमा मुद्धा दर्ता गराएका छन् ।
मेयर यादवको ठाडो निर्दैशनमा विद्यालयको खाता बन्द गरेर गरपालिकाका श्रोत व्यत्ति रामजी राय यादव र लेखापाल सिताराम पालको नाममा खाता खोलेर विद्यालयको नाममा आएको रकम समेत निकासा गरेको स्थानीय बासिन्दा रामबाबु प्रसाद महतोले बताए । नगरपालिकाका कर्मचारीले आफ्नै नाममा विद्यालयको खाता खोलेर दिवा खाजा ,पाठय पुस्तक र कर्मचारीको तलव भत्ता समेत निकासा गरेर विद्यालयलाई नदिएको भन्दै अदालतमा मुद्धा हालिएको छ ।
मेयर यादवले मैले भनेको मान्छे प्रधानाध्यापक भएन भने नगरपालिकाको कार्यकालिको बोर्ड बैठकबाटै विद्यालय व्यावस्थापन समिति खारेज गर्ने धम्की दिएको अर्का स्थानीय बासिन्दा तथा अभिभावक भोला पटेलले तराई एक्सप्रेसलाई बताए ।
गत आर्थिक वर्षको कुनै रकम विद्यालयले नपाएका कारण समस्या उत्पन्न भएको भन्दै स्थानीयले चिन्ता जाहेर गरेकाछन् । विद्यालयको बिवादका बिषयमा सो नगरपालिकाका कार्यालय प्रमुख नागेन्द्र यादवसंग सम्पर्क गर्न खोज्दा उनको मोवाईल आफ थियो । मेयर राम स्नेही यादव र कार्यालय प्रमुख नागेन्द्र यादवले सो विद्यालय अस्त व्यस्त बनाउन मुख्य रोल खेलेको भन्दै स्थानीय अदालत सम्म पुगेका हुन । मन्त्रालयबाट आएको भवन निर्माणको पैसा समेत निकासा नहुदा समस्या भएको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here