जनकपुर,५ भदौ । प्रदेश २ मा साउन महिनामा तीन सय ७६ मोटरसाइकल दुर्घटना भएका छन् । प्रदेश २ को रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, धनुषा र महोत्तरी गरी आठ वटै जिल्लामा गत साउन महिनामा मात्र सवारी दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका छन् ।
दुर्घटनामा परेर एक सय ८१ जना गम्भीर घाइते र चार सय ५५ जना सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयाले साउन महिनामा २१ हजार तीन सय २९ वटा विभिन्न किसिमका सवारीसाधनलाई कारबाही गरेको छ । जसमध्ये ६ हजार एक सय ५१ वटा मोरसाइकल नियमविपरीत चलाएको आरोपमा कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले साउनमा सवारी साधन र चालकमाथि गरिएको कारबाहीबाट एक करोड ७६ लाख ४४ हजार राजश्व संकलन गरेको छ । एक महिनामा तीन सय ९१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पा“च सय ६२ सवारी साधन संलग्न छन् । दुर्घटना न्यूनीकरणका गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको, राडार गनको प्रयोग गरी तीव्र गतिमा सवारी चलाउनेमाथि निगरानी बढाएको र ओभरलोड बोक्ने सवारी साधनहरुलाई यातायात कार्यालय पठाइएको, मापसे चेकिङलाई जारी राखेको र विभिन्न जिल्लामा आवश्यकताअनुसारको आकस्मिक चेकिङ गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।