माधोपुर,५ भदौ । विगत केही वर्षदेखी देशभरीका पाच वर्षभन्दा मुनीका बालबालिकालाई सरकारले बालपोषण भत्ता दिदै आएको छ । सरकारले सा साना बालबालिकालाई हुर्काउन सहज होस भन्ने उद्देश्यले पा“च वर्षभन्दा भित्रका लबालिकालाई बालपोषण भत्ता दिने गरेको छ । स्थानीय तहमार्फत सरकारले जन्मदेखी ५ वर्षभन्दा मुनीका प्रत्येक बालबालिकालाई बालपोषण भत्ता वितरण गर्दै आएको छ ।
वर्षमा तिन किस्तामा गरी बालपोषण भत्ता वितरण गर्ने गरिन्छ तर रौतहटको एक स्थानीय तहले विगत एक वर्षदेखी बालपोषण भत्ता वितरण गर्न सकेको छैन । जिल्लाको माधवनारायण नगरपालिकाले गएको एक वर्षदेखी बालबालिकाले पाउने बालपोषण भत्ता वितरण गर्न सकेको छैन । विभिन्न कारण देखाउदै नगरपालिकाले बालपोषण भत्ता वितरणमा ढिलाई गर्दा नगरका सबै वडाका हजारौ बालबालिका बालपोषण भत्ता पाउनबाट बञ्चित भएका छन ।
नगरपालिकाले विभिन्न बहानामा बालपोषण भत्ता वितरणमा ढिलाई गरेको अभिभावकहरुले गुनासो गरेका छन । विगत एक वर्षदेखी नगरपालिकाले बालपोषण भत्ताको रकम नै निकासा नगरेकोले बालपोषण भत्ता वितरण गर्न नसकेको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले बताए । कोरोना महामारीका कारण देश अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको अवस्थामै नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा बालबालिकालाई हुर्काउन तथा लालनपालन गर्न समस्या भइरहेको वडा अध्यक्ष यादवले बताए । भत्ता पाउनुपर्ने बालबालिकाको नैसरर्गीक अधिकारबाट नगरपालिकाले कुण्ठित गर्ने काम गरेको उनको आरोप छ । कोरोना महामारीले देश विश्म परिस्थितीबाट गुज्रिरहेको अवस्थामा तुरुन्त बालबालिकाको बालपोषण भत्ता वितरण गर्न वडा अध्यक्ष यादवले नगरपालिकालाई आग्रह गरेका छन । पहिला बालपोषण भत्ताको रकम नगद नै भुक्तानी हुँदै आएको अवस्थामा अब बैंकद्धारा मात्र भुक्तानी गर्न परिपत्र आएकोले उक्त भत्ता वितरणमा अलि ढिलाइभएको नगरपालिकाका लेखापाल रामबलम यादवले बताए ।
बैंकिंङ काम अलि झन्झटिलो हुने भएकोले भत्ता वितरणका लागि प्रक्रिया पुरयाउन समय लागेको बताउदै लेखापाल यादवले बैंकको काम अब थोरै मात्र बा“की रहेकोले केही दिन भित्रमै एक वर्षको रकम एकमुस्ट बालबालिकाले बैंकबाट नै पाउने बताए । यस सम्बन्धमा प्रतिक्रिया लिन नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई फोन गर्दा उनको फोन उठन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here