लक्ष्मण आचार्य
मान्छे
हदैसम्म भयो भने के हुन्छ ?
देवता भगवान् वा राक्षस ?
तर यहा“ धमाधम
प्रकट हुंदै छन् – राक्षसहरू
हो, मानिस
हदैसम्म भयो भने
मान्छे मान्छे रहदैन
एउटा मानिस
हिन्दु हुनुभन्दा अघि मानिस हो
मुस्लिम हुनुभन्दा अघि मानिस हो
इसाई हुनुभन्दा अघि मानिस हो
बौद्ध हुनुभन्दा अघि मानिस हो
जैन शिख हुनुभन्दा अघि मानिस हो
मानिस हुनुभन्दा अघि मानिस हो
जहिलेदेखि
मानिस मानिस रहदैन
उसको व्यापार गनाउछ
राजनीति गनाउछ
कर्म गनाउछ
धर्म गनाउछ
भोट गनाउछ
निष्ठा गनाउछ र
स्वयं गन्धेझारमा
रूपान्तरण हुन्छ मानिस
यतिखेर
गन्धेझार इट्टभट्टामा पलाएको छ
संसद भवनमा पलाएको छ
न्यायालयका भित्ताहरूमा पलाएको छ
सिंहदरबारमा पलाएको छ
साच्चै कतिविधि
मौलाएका गन्धेझारहरू
राजनीति दूषित छ
कुटनीति दूषित छ
व्यापार नीति दूषित छ
अर्थनीति दूषित छ
कार्यपालिका दूषित छ
न्यायपालिका दूषित छ
व्यवस्थापिका दुषित छ
के गणतन्त्र भन्नू नि
गन्धेझार हो ?
हामी कहिले मुक्त हुन्छौं
यो गन्धेझारको साम्राज्यबाट
यो गन्धेझारको आतंकबाट ?
चन्द्रपुर नपा-४,रौतहट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here