रौतहट, ६ भदौ । जिल्लाका स्थानीय तहमा अनियमितताले जरो गाडेको छ । निर्वाचित जनप्रतिनिधिकै मिलेमतोमा स्थानीय तहमा भ्रष्टाचार बढेको हो । मावन सुचाङकमा चल्लो स्तरमा रहेको रौतहट जिल्लामा विद्यालय जाने बालबालिकाको समेत कमी भएपछि राज्यले साना बालबालिका विदालय जाउन भनेर खाजाको व्यावस्था गरेको थियो । तर कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा विद्यालय बन् रहेको बेलामा समेत दिवा खाजाको पैसा निकासा गरेर जिल्लाका केही नगरपालिकाले हजाम गरेका छन् । रौतहटका केही स्थानीय तहले विद्यालय बन्द रहेका बेलाको समेत दिवा खाजाको पैसा निकासा गरेर खाएकाछन् । कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेलामा समेत केही स्थानीय तहले दिवा खाजाको रकम निकासा गरेको पाइएको छ । रौतहट जिल्लाका केही स्थानीय तहले दिवा खाजाको पैसा निकालेर आर्थिक अनियमिता गरेको पाईएको छ ।
महालेखा परीक्षक ५८ औं प्रतिवेदन अनुसार कोभिडका कारण २०७६ चैत ११ बाट विद्यालय बन्द भएको अवस्थामा रौतहटको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख दिवा खाजाको रकम निकासा गरेको उल्लेख छ ।
महालेखाले बन्द रहेको अवधिको खाजा खर्च यकिन गरी असुल गर्न सुझाव दिएको छ ।
दिवा खाजा कार्यान्वयन निर्देशिका, २०७६ मा दिवा खाजा रकमबाट विद्यालयले नगद वितरण गर्ने व्यवस्था गरेको छैन । नियम विपरीत रौतहटको परोहा नगरपालिकाले यो वर्ष अभिभावकलाई नगद बुझाउने गरी दिवा खाजा बापत एक करोड १७ हजार निकासा दिएको महालेखा परीक्षकले जनाएको छ । नियम विपरीत उक्त रकम अभिभावककले बुझेको भरपाई पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।
फतुवा नगरपालिका,गरुडा नगरपालिका र परोहा नगरपालिकाका कर्मचारी र जन प्रतिनिधिकै मिलेमतो दिवा खाजाको रकम निकाशा भएको हो । विद्यालय बन्द रहेको अवस्थाको दिवा खाजाको पैसा सम्बन्धीत शिक्षा शाखा प्रमुखको मिलेमतोमा निकासा गरेर आर्थिक अनियमिता गरेको महांलेखाको तथ्याङकमा उल्लेख रहेको छ । २०७८ भदौ ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here