गौर,६ भदौ । माधब नारायण नगरपालिका वडा नं. २ खेसरिया स्थित २०७७ साल भदौ ३ गते हनुमान मन्दिरका पूजारी ६५ बर्षिय श्रीराम साहको हत्यामा संलग्नलाई पहुँचको आधारमा छोडेको भन्दै विश्व हिन्दू परिषद रौतहटले जिल्ला प्रशासन कार्यलय रौतहटलाई ज्ञापन पत्र बुझाएको छ ।
गत साउन २७ गते साहको हत्याका योजनाकार भनिएका शेख नरुल्लाह जिल्ला अदालत गौरबाट हाजिर भएकै दिन २ लाख धरौटीमा छुटका थिए ।
अदालतमा मुद्दा चली रहेकों अवस्थामा हाजिर भएको एक घण्टामा नै साधारण तारेखमा रिहा हुनु दुःखद भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । एक बर्षदेखि फरार रहेका पुजारी हत्याकाण्डका प्रतिवादी देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नरुल्लाह पहुँचको आधारमा हाजीर भएकै दिन धरौटीमा छुटेको विश्व हिन्दु परिषद रौतहटको आरोप रहेको छ । सम्बन्धित निकायले यस घटनामा ध्यान दिएन भने परिषदले हत्याको न्यायको लागि चुप लागेर नबस्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीको कार्यालय,गृह मन्त्रालय,मानव अधिकार आयोग,सर्वोच्च अदालतलाई ज्ञापन पत्र बुझाएको विश्व हिन्दु परिषद रौतहटका अध्यक्ष आलोक पाण्डेयले बताए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषदका संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषदका महादेव पट्टी प्रमुख धर्मराज पटेल, संचारकर्मी सतेन्द्र प्रताप सिंह, अरविन्द यादव, कान्त यादव लगायतको उपस्थिति रहेको थियो । २०७८ भदौ ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।