बारा, ६ भदौं । भत्ताको आश लिएर बसेका वृद्ध वृद्धा वितरण नहुँदा निराश बनेको छ । बाराको बारागढी गाउँपालिकामा फागुन देखिको भत्ता असाढमै वितरण गर्नुपर्ने भएपनि हाल सम्म वितरण हुन सकेको छैन । गाउँपालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरीको लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता वितरण नहुंदा वृद्ध वृद्धा निराश बनेको हो । पटक पटक सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानिय वृद्ध वृद्धा अनुरोध गर्दा पनि वितरण हुन नसकेको बारागढी गाउँपालिकाको समाजसेवी तथा बिधायक प्रत्यासी सुरेस बैठाले बताएका छन । यस विषयमा गाउँपालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरी बुझ्दा केही नाम पठाउन छुटेकाले ढिलो भएको स्विकार्दै सामाजिक सुरक्षा भत्ता यो महिना भित्रै वितरण हुने प्रतिक्रिया दिएका छन ।