जनकपुर,६ भदौ । प्रदेश २ सरकारले शान्ति सुरक्षाको नाममा व्यापक अनियमितता गरेको पाइएको छ । सस्तो लोकप्रियताका लागी प्रदेश सरकारका मन्त्रीहरुले शान्ति सुरक्षाको सु—व्यवस्था गर्ने नाममा निकै अनियमितता गरेको पाइएको हो । प्रदेश २ का तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव र मन्त्रालयका सचिव कृष्णहरि पुष्करको मिलोमतोमा शान्ति सुरक्षाका नाममा व्यापक अनियमितता गरिएको देखिएको छ । सो मन्त्रालयले सुराकीको नाममा २३ लाख ५० हजार रुपैया खर्च गरेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ०७५ जेठ १० को निणर्यअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री तथा सचिवलाई भइपरी आउने शान्ति सुरक्षाको काममा खर्च हुने गरी मन्त्रीलाई प्रतिपटक ३० हजार रुपैया र सचिवलाई १० हजार रुपैयाका दरले प्रतिमहिना पा“च पटक सम्म खर्च गर्न सक्ने व्यवस्था गरेको थियो । सोहीअनुसार मन्त्री यादवलाई १ लाख ५० हजार र सचिव पुष्करलाई ५० हजार रुपैया नबढ्ने गरी खर्च गर्न दिने व्यवस्था गरिएको थियो । सो कार्यको रकमको बिल भरपाइ पेस गरिरहनु नपर्ने भएपछि मन्त्रीले १८ लाख र सचिवले ११ महिनाको ५ लाख ५० हजार रुपैया गरी कुल २३ लाख ५० हजार रुपैया खर्च गरेका छन् । महालेखाले जारी गरेको प्रतिवेदनअुनसार सो मन्त्रालयले आफ्नो काम कर्तव्य अन्तर्गत भन्दा बाहिर गएर रकम खर्च गरेको छ । त्यति मात्र नभई यस मन्त्रालयले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर समेत योजना सञ्चालन र रकम खर्चेको छ । मन्त्रिपरिषदको निणर्यअनुसार मन्त्रालयले शान्तिका लागि खेलकुद कार्यक्रममा २३ लाख ८४ हजार रुपैया खर्चेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस मन्त्रालयको ७ करोड ७३ लाख ९५ हजार बेरुजु देखिएको छ । प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि प्राप्त प्रतिक्रियाबाट २२ लाख ४० हजार बेरुजु फछ्र्यौट भए पनि ७ करोड ५१ लाख ५५ हजार बेरुजु भने बा“की छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here