गौर,७ भदौ ।
पत्रकारको मोटरसाईकलमा लागु औषध राख्न लगाएर फंसाउने नेपाल प्रहरीका असइ र जवान माथि कार्वाही हुन सकेको छैन् । प्रहरीले लागुऔषध मुद्दामा २ निर्दोष व्यक्तिलाई फसाएको प्रमाण स्वरुप सार्वजनिक भएको सिसिटिभी फुटेजमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालन हुने सादा पोशाकका घुमुवा प्रहरी इन्चार्ज उदय यादव र प्रहरी जवान मनोज साहले योजनाबद्धरुपमा होटेल अगाडी पार्कि· गरिएको मोटरसाइकलमा लागुऔषध नाइट्रोभेट राखेको प्रष्ट देखिएको छ ।
साउन ३२ गते साँझ बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्रोभेट राखे पछि गएका ईशनाथ नगरपालिका ८ बस्ते पत्रकार मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई नाटकिय ढंगले तिनै सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्छन । जनताको जनधनको सुरक्षाकालागी खटिनु पर्ने प्रहरीले झुठा मुद्दा लगाउन र पक्राउ गर्न गरेको षडयन्त्रको पर्दाफास भएपछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटका कारण सिगो प्रहरी संगठन नै बदनाम भएको छ ।
जिल्ला प्रहरी कार्यालयले लागु औषध राख्न लगाउने प्रहरीका असइ उदय यादव र जवान मनोज साहलाई अनुसन्धानको दायरमा ल्याउन सकेको छैन् ।
असइ यादव र जवान साहलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर बोलाएर घटनाको बारेमा जानकारी लिएको डिआईजी उमेश रन्जितकारले जानकारी दिए ।
उनीहरु माथि कस्तो कार्वाही हुन्छ भन्ने बिषयमा रन्जितकारले अनुसन्धान पछि मात्र आफुले केही भन्न सक्ने बताए । होटलमा राखेको सिसिटिभि फुटेज बाहिर आएपछि प्रहरीले पक्राउ गरेका धिरज यादव र जितेश यादवलाई कसैसंग भेट गर्न नदिएको उनीहरुको परिवारका सदस्यले बताएकाछन् । घटना हुनुभन्दा आधा घण्टा पहिला घुमुवा प्रहरी मनोज साहले धिरज यादवलाई फोन गरेर बोलाएको यादवका परिवारका सदस्यले बताए । दुबै जनाको सम्बन्ध घनिष्ट रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका दुबै जनालाई यतना दिएर अमुक ब्यक्तिको नाम पोल्न लगाएर दोषि प्रहरी बचाउने खेलमा लागेको स्रोतले बताएको छ ।
लागु औषध कारोवारमा प्रहरी हिरासतमा रहेका पत्रकार मो मोजिबुल्लाहलाई छाडनका लागि प्रहरीले अर्का पत्रकारलाई फंसाउने षडयन्त्रमा लागेको नेपाल पत्रकार महांसंघ रौतहटका पुर्व सचिव गौतम श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमोरियालाईनै अनुसन्धानको दायरामा ल्याउनुपर्ने नेपाल पत्रकार महांसघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको भनाइ रहेको छ । सो घटनाको अनुसनधान अधिकृत डिएसपी चिमोरिया हुन् । उनले सो घटनाका बिषयमा आफुले केही नबाल्ने बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका माथिल्लो तहका कर्मचारीकै मिलेमतोमा दुई जना युवक परिचालन गरेर घुमुवा प्रहरीको प्रतक्ष निगरानीमा पत्रकारलाई फंसाउने काम भएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झाको दावी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले परिचालन गरेका दुबै घुमुवा प्रहरीले सिमा नाकामा तस्करी गर्ने तस्करसंग मासिक रकम बुझने गरेको बिषयमा हिरासतमा रहेका पत्रकार मोजिबुल्लाहले समाचार लेखेका थिए ।
पत्रकारको मोटर साईकलमा लागु औषध हाल्न लगाउने दुबै घुमुवा प्रहरी खुलेयाम जिल्लामै घुमिरहेका छन् ।