धनुषा, ८ भदौं । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका(५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र उनकी बुहारी २१ वर्षीय अम्बिका मण्डलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । ससुरा(बुहारी दुवै एकैपटक बेपत्ता भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसै क्रममा घटना सार्वजनिक भएको हो । प्रहरीले हत्या गरेको आशंकामा मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here