चन्द्रपुर,९ भदौ । नगरपालिकाको पैसाले हुने विकास निर्माणको पैसाले हुनुपर्ने काममा उपभोक्ता समितिले स्थानिय वासिन्दा संग रकम असुलने गरेको गुनासो बढ्दै जानथालेको छ । स्थानियले उपभोक्ता समितिलाई कमाउ समितिको रुपमा चिन्न थालेका छन् । यस्तै घटना भएको छ, जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा नगरपालिकाको योजना सम्पन्न गर्न बनेको उपभोत्ता समिती र ठेकेदारले सर्ब–साधारणसंग पैसा उठाएको पाईएको छ । सन्तपुर देखि अल्टोकी जाने बाटोमा नाला निर्माणका क्रममा नाला छोप्ने ढकनका लागि भन्दै उपभोक्ता समितीका अध्यक्ष माधव गौतम र ठेकेदारले पैसा उठाएको स्थानियको आरोप रहेको छ । नगरपालिकाले ढकन सहित नाला निर्माणको लागत ईस्टिमेटमा समितीसंग सम्झौता गरेको भएपनि समितिका अध्यक्षले ढकनको लागि भन्दै पैसा लिएको स्थानिय उषादेबि चौधरीले बताईन । चौधरीले भनिन् “शरुमा ४ हजार मागेका थिए, मैले पैसा छैन भनेर १५ सय रुपैया रड दिएका हु“” । त्यस्तै स्थानिय अनिल सुनारले पनि ठेकेदारलाई पैसा दिएको बताए । यस नाला निर्माण योजना उपभोत्ता समितिले चन्द्रपुर ९ का ठेकेदार रामज्योदि यादवलाई काम गर्न दिएको थियो । छिटो काम सक्ने बहानामा उपभोक्ता समितिले ठेकेदारलाई योजनाको जिम्मा दिए पछि स्थानीयले गुणस्तरमा प्रश्न उठाएका छन । चन्द्रपुर नगरपालिकामा उपभोक्ता समितिले योजना बेच्ने प्रवृत्ति मौलाउँदै गएको छ । अघिल्लो बर्ष उक्त नाला निर्माणका लागि चन्द्रपुर नगरपालिकाले ४० लाख रुपैया बिनियोजन गरेको थियो । योजना सम्पन्न गरेपछि हर–हिसाब बिषयमा सार्वजानिक सुनुवाई गर्न पर्ने भएपनि समितीले सार्वजानिक नगरी अनियमितता गरेको स्थानियको आरोप रहेको छ । उपभोत्ता समितीले बैठक नगरेको, हिसाब सार्वजनिक नगरेको उपस्थीतिमा पनि किर्ते सहिछाप गरेर पैसा भुत्तानी लिएको समितीका सदस्यहरुको आरोप रहेको छ । चन्द्रपुर नगरपालिका मात्र नभएर जिल्लाका अधिकांश स्थानिय तहले यसरीनै रकम उठाएर खाने गरेको पाईन्छ । चन्द्रपुर नगरपालिकाको वडा नं–४ को मुख्य चौकमा बनेको नालामा ढकन नभएका कारण स्थानिय ब्यापारीलाई समस्या हुन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here