चन्द्रपुर,९ भदौ । महिला फुटबलको कारखानको रुपमा रहेको रौतहटका ९ जना खेलाडीले राष्ट्रिय टिममा स्थान पाएकाछन् । स्वर्गिय सेर बहादुर दर्लामीले आफ्नो एकल प्रयास सुरु गरेको महिला फुटबल रौतहटको प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेकाछन् । रौतहट जिल्लामा नियमित रुपमा प्रशिक्षणमा सहभागि रहदै आएका पुनम जर्घा मगर,रेनुका नगरकोटी ,सबिता राना मगर ,रजनी ठोकर ,रस्मी घिसि·,अन्जना राना मगर ,मन्जली योन्जन ,अनिता केसी र निसा ठोकर राष्ट्रिय टिममा पर्न सफल भएका छन् । अखिल नेपाल फुटबल संघ महिला फुटबल बिभागले छनौट गर्दा रौतहटका ९ जना खेलाडी पर्न सफल भएका हुन् । राष्ट्रिय टिममा बिभिन्न बिभागिय टोली सहित २३ जनाले खेल्न पाउनेमा रौतहटका मात्र ९ जनाले सहभागिता जनाउने भएको चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । बिभागिय टिमबाट राष्ट्रिय टिममा पर्नेहरु समेत रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका छन् । २३ जनामा ९ जना रौतहटका खेलाडी छनौट हुनु आफैमा गर्वको बिषय रहेको फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here