चन्द्रपुर,१० भदौ । जिल्लाका सबै स्थानिय तहहरुमा पहुँचको भरमा मात्र कोराना विरुद्धको खोप लगाएको गुनासो बढेको छ । जिल्लाको बृन्दावन नगरपालिकामा पनि पहु“च भएकालाईलाई मात्र कोरोना विरुद्धको खोप लगाएको स्थानियको गुनासो रहेको छ ।
सो नगरपालिका अन्र्तगत ५ वटा खोप केन्द्र सञ्चालमा रहेका छन् । बृन्दावनको बिश्रामपुर, रमौलि बैरिया, हर्दिया पल्टुवा, गमहरिया विर्ता र सखुअवा धमैरा स्वास्थ्य केन्द्र गरि ५ वटा कोरोना विरुद्धको खोप लगाउन केन्द्र सञ्चालनमा रहेको नगरपालिकाका स्वास्थ्य संयोजक राम नरेश यादवले बताए । तर, सो खोप केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जनप्रतिनिधीको फोनबाट शिफरिस आउने गरेको यादवले बताए । पहु“च भएका सबै उमेरकाले सजिलैसगं खोप लगाउन पाएको तर हामी पहु“च नहुनेहरु घण्टौं लाईन बस्दा पनि खोप लगाउन नपाएको नगरपालिकाबा स्थानिय ६५ बर्षिय बृद्ध भजन पटेलले तराई एक्सप्रेसकर्मी संग गुनासो पोखे । हरेक नागरिकका लागी आएकोे खोप पहुँचको भरमा लगाउन थाले पछि स्थानिय सर्वसाधारणमा निराशा पैदा भएको छ ।
खोप लगाउन सर्वसाधारण दैनिक स्थास्थ्य चौकीमा धाउने गरेको तर स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीले खोप सकिएको बताउने गरेका छन । तर, वडा अध्यक्ष वा नगरप्रमुखले फोन गरिदिएपछि खोप लगाईदिने गरेको बिश्रामपुरका स्थानिय युवा समाजसेवी राम नाथ सहनिले तराई एक्सप्रेसलाई बताए । यता कोरोना विरुद्धको खोप तोकेको स्वास्थ्य केन्द्रमा मात्र लगाउनु पर्नेमा बृन्दावन नगरपालिकाका पहु“चबालाहरुले घरमै मगाएर पनि खोप लगाउने गरेका पईएको छ । यस विषयमा बृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवसंग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेका छैनन् । बृन्दावन नगरपालिका त एक पात्र मात्र हुन् । जिल्लाको अधिकांश खोप केन्द्रमा सोरस र पावरबालालाई मात्र खोप लगाईएको छ ।२०७८ भदौ १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here