काठमाण्डौं, १० भदौं । नेकपा एमालेले माधव नेपाललगायत पार्टी विभाजनमा सहभागी नेताहरुलाई पार्टीबाट निष्कासन गर्दै र अभिलेखबाटै हटाउने तयारी गरेको छ । एमालेको आजको केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादी गठनमा प्रत्यक्ष संलग्न भएका नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । उनीहरुको नाम अभिलेखबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय गरेको उनले बताए । एमालेबाट विभाजित भएपछि बुधबार मात्रै माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना सांसद उभिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here