सुर्य राई दनवार
काठमाडौं, १० भदौं । लकडाउनलाई झेल्दै चलचित्र आँधितुफान–२ को छायांकन समपन्न भएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठ रहेका आँधितुफान–२ चलचित्र १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र आधितुफानको सिक्वेल हो । आधितिफान–२ एक पात्रको हत्याको अनुसन्धानमा परिचालित ३ युवतीको कथामा समेटिएको चलचित्र हो । आधितुफन–२ चलचित्रका लेखक एवम निर्माता मौनता श्रेष्ठका अनुसार फिल्ममा सबै काम पुरा भैसकेको छ । आधितुफान–२ का निर्देशक मदन घिमिरेका अनुसार काठमाण्डौं र धुलिखेलको बिभिन्न स्थानहरुमा छायंङ्कन गरिएको छ । चक्र घले कार्यकारी निर्माता रहेको चलचित्रमा कनिज कोईराला, सन्चिता भन्डारी, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सन्जय खतिवडा, सिवन लामा, सुदिप आचार्य,र ाजा राम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनि बिसि, जोया बुढाथोकी ,रुपा केसि, सरोज दहाल, रवि गिरि, पुस्कार राउत, विन्दिया रिचा, सुदिप, रमेस तामाङ्ग र बाल कलाकार अरुण कालिराज लगाएतको अभिनय रहेको छ । राम शारण उप्रेतिको छायांकन,प्रेम चुल्ठेको दन्द्द निर्देशन सुरेश अधिकारीको संङ्गित हरि उप्रेति र दिनेश सुबेदिको गित तथा कमल राई को नृत्य रहेको छ ।