अमृत सापकोटा/चन्द्रपुर,९ भदौ ।
जिल्लामा सहकारी संस्थाहरुले सेवाग्राहीसंग सरकारको निर्देशनलाई अटेर गरी आफू खुसी ब्याजदर उठाउ“दै आएको पाईएको छ ।
जिल्लाका स्थानिय तहहरुबाट प्रभावकारी अनुगमन नहुंदा सरकारले तोकेको ब्याजदरको उल्घंन गर्दै सहकारीहरुले मनलाग्दि ब्याजदर उठाएका हुन । सरकारले सहकारीको ब्याजमा १४.७५ प्रतिशत सम्मको सीमा तोकेको छ । तर जिल्लाका बिभिन्न सहकारीहरुले १६ देखि २४ प्रतिशत सम्म असुल्ने गरेका छन । सहकारीको अनुगमनको जिम्मा स्थानिय तहलाई दिईएको छ तर स्थानिय तहहरुको अनुगमन भने शुन्य रहेको रौतहट बचत तथा ऋण सहकारी संघकि अध्यक्ष देवकी नेपालले बताईन ।
स्थानिय तहको कमजोरीका कारण सरकारले तोकेको ब्याज भन्दा चर्को ब्याजदरमा ऋण लिन सदस्यहरु बध्य भएको र यस बिषयमा पटक–पटक ताकेता गर्दा पनि नगरपालिकाले ध्यान नदिएको अध्यक्ष नेपालको भनाई रहेको छ । १ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने नियम भए पनि धेरै सहकारीहरुले सेवा शुल्कका नाममा बढी लिने गरेको पाईएको छ । जिल्लामा स्थानिय स्तरका अगुवावर्गले गरिबलाई सेवा दिने र स्वोरोजगार बनाउने भनेर सहकारी खोले पनि महँगो ब्याज लिएर शोषण गरिरहेको चन्द्रपुर ८ सन्तपुरका सहकारीकर्मी तारा प्रसाद बजँगाईले बताए । रौतहटका अधिकांश सहकारी संस्थाहरु पार्टी गत रुपमा एकलौटि तरिकाले चलाएको पनि पाईन्छ । जिल्लाका कतिपय सहकारीमा जनप्रतिनिधि नै कार्यकारी अध्यक्ष रहेका छन । रौतहटको दक्षिणी क्षेत्रका धेरै सहकारीहरु झोला मै सिमित रहेका छन । सहकारीको कार्यलय पनि छैन, तर बिभिन्न निकायबाट अनुदान लिएर समितीले अनियमितता गर्ने गरेको स्थानियको गुनासो रहेको छ ।
रौतहटमा ठगीका घटनामा पनि सहकारीको नाम अग्रपंक्तिमा रहेको छ । रौतहट जिल्लाका प्रत्येक सहकारीको सबै कुरा केलाउने हो भने कारबाही गर्नु नपर्ने सहकारी भेटिन मुस्किल रहेको सहकारी अभियान्ता बलराम गौतमको भनाई रहेको छ ।
सहकारीहरुमा बेथिती आउनुमा स्थानिय सरकार मुख्य दोसी रहेको तराई एक्सप्रेसलाई गौतमले बताए । स्थानियको जीवनस्तर उकास्न भन्दै खुलेका सहकारीहरुले अनुदानको मलखाद्य व्यापारीलाई बेचेको समाचार पटक–पटक आउ“दा पनि मलखाद्य बितरणमा उनिहरु कै हावी रहेको बृन्दाबन नगरपालिका वाडा नं. १ का स्थानिय रामअशिष पटेलले बताए । अनुदानको मलखाद्य व्यापारीबाट महंगोमा किन्न बाध्य भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here