वीरगञ्ज, १० भदौं । वीरगञ्जमा निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएका छन् । दिउँसो सवा १२ बजे वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट भएको हो । उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको हो । सर्वोत्तम स्टीलमा विस्फोट भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । उनले भने, ‘सर्वोत्तममा विस्फोट भएको भन्ने खबर आएको छ । हामीले भर्खरै थाहा पाएका हौं, उनले भने, ‘घटना स्थलमा प्रहरी टोली पठाएका छौं । विस्फोट भएपछि उद्योग परिसरमा सयौंको संख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
विष्फोटमा घाइते भएका मजदूरहरुको शरीरको अधिकांश भाग जलेको अवस्थामा रहेको र उनीहरुको नारायणी बयोदा अस्तालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here