चन्द्रपुर,११ भदौ ।चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा नै फोहोरहरु थुप्रिन थालेको छ ।
नगरपालिकाका मुख्य क्षेत्रहरुमा फोहर ब्यवस्थापन नभएपछि दुर्गन्धित बन्दै गएको छ । जता तेतई फोहोर थुपार्ने तथा पानि जमेका कारण दुर्गन्धित भएपनि नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । पुर्वपश्चिम राजमार्गसँगै रहेको मुख्य चोक , गौर रोड , बजार क्षेत्र , देउराली चोक , नगरपालिका कार्यालय क्षेत्र लगायतका स्थानमा रहेको फोहरको समयमा ब्यबस्थापन नहुंदा दुर्गन्ध फैलिएको छ । नगरपालिकाले हरेक दिन नगरका मुख्य क्षेत्रहरु फोहर संकलन गर्न ट्याक्टर आएपनि नालाहरुमा थुप्रेको फोहर का कारण सडक नै दुर्गन्धित बनेको छ । चन्द्रपुर नगरको चोक वरपर फोहरका थुप्रोहरु रहेको भएतापनि त्यसतर्फ नगरपालिकाले चासो नदिनु लापरवाही रहेको स्थानिय व्यापारीहरु बताउ“छन ।
हाम्रो चन्द्रपुर , सफा चन्द्रपुर , राम्रो चन्द्रपुर भन्ने नारालाई सार्थकता दिनका लागी नगरपालिकाले नगर क्षेत्रलाई बिशेष सरसफाईमा ध्यान दिनु पर्नेमा स्थानियले जोड दिएका छन् ।