वीरगन्ज ,१२ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको स्थानीय पैनीलाई पुरेर निजि जग्गामा घुमाइएको पाएको छ । केही स्थानीय जग्गा कारोबारीहरुले विगत लामो समय देखि बग्दै गरेको पैनीलाई पुरेर निजी जग्गामा घुमाएको पाएको हो । विगत पाँच बर्ष अगाडि जग्गा कारोबारीहरुले पैनीलाई पुरेर नजिक नै रहेको सेन्ट अलफान्स विद्यालयलाई बिक्री वितरण गरेका छन । साविक पिपरा सिमरा गाविस वडा नम्बर ४ मा पर्ने उक्त जग्गा स्थानीयतह गठन भएदेखि उपमहानगरपालिकामा समाहित भएपछि कारोबारीहरुको मिलोमतोमा करिब दुई विगाहा पैनीको जग्गालाई पुरेर निजी जग्गा बनाउँदै महंगोमा विद्यालयलाई बिक्री वितरण गरेका छन । आर्थिक प्रलोभनका कारण कारोबारीहरूले बगीरहेको पैनी पुरेर निजि जग्गामा घुमाएको स्थानीय सुनिल साह कलवारले बताए । उनका अनुसार केही बर्ष अगाडि देखि नै जग्गा कारोबारीहरु पैनीलाइ पुर्नलाई सक्रिय भएर पैनीलाइ पुरेर निजि जग्गामा पुर्याएका छन ।
पैनी बारे बुझन् न्यायीक समितिमा निवेदन
लामो समय देखि बग्दै गरेको पैनीलाई पुरेर निजि जग्गामा घुमाएपछी जितपुर सिमरा उपमहानगरपालिकाको न्यायीक समितिमा उजुरी परेको छ । स्थानीय साहले गएको भदौ २ गते न्यायीक समितिमा निजि जग्गामा पैनी घुमाएकाले यस बिषयमा छानबिन गर्न निवेदन दर्ता गराएका हुन् । उक्त जग्गा र विद्यालयको बीचमा विगतमा पैनी बग्ने गरेको थियो ।
अहिले दक्षिण तर्फ बग्ने पैनीलाइ पुर्व तर्फ घुमाएर बिद्यालयको संरचना बनाइएको छ । उक्त स्थानबाट करिब ३०० मिटर पुर्व सम्म निजि जग्गामा पैनीको बहाव बनाइएको छ ।
हाल पैनी पुरेर बिद्यालयको भौतिक संरचना निर्माण गरिएको छ । स्थानीय सागर कार्कीका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७३ सालमा एक्स्काभेटरले माटो काटी पैनीको दक्षिण तर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको स्थानीयले विरोध जनाएका थिए । स्थानीयले पैनीको पुरानै बहाव कायम गर्न माग गरेका थिए । तर जग्गा कारोबारीहरुले मनोमानी तरिकाले पुनः पैनीको बहाव परिवर्तन गरिदिएका हुन् । जग्गा कारोबारीले पैनीको बहाव पटक पटक परिवर्तन गरेपछि उपमहानगरपालिका मौन बसेको छ ।’ बहाव परिवर्तन गरिँदा वरिपरीका पैनीलाई पुरिएर बिद्यालयको भौतिक संरचना निर्माण भएसंगे केहि ब्यक्तिलाई लगायतलाई फाईदा पुग्ने मनसायले काम गरीएको छ ।
५ किता निजि जग्गा पुरियो
जग्गा कारोबारीहरुले नजिक मै रहेको विभिन्न निजि जग्गाको किताहरुमा पैनी घुमाएको साहले बताए । कारोबारीहरुले पैनीलाई पुरेर सेन्ट अल्फान्स विद्यालयलाई महंगो रकममा बेचेका छन । स्थानीयका अनुसार कारोबारीहरुले निजि जग्गामा पैनी घुमाएर करौडौ रकम हात पारेका छन । स्थानीयले पैनी कब्जाको विरोध गर्दा स्थानीय निकायले वास्ता नगरेको उनीहरुको आरोप छ । यता जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद पौडेलले जग्गा कारोबारीहरुले निजि जग्गामा पैनी घुमाएको बिषयमा जानकारी नभएको बताए । उनले पैनीको र निजि जग्गाकै बिषयमा वडाअध्यक्ष संग बुझ्नलाई सल्लाह दिए । यसबिषयमा वडा अध्यक्ष भोजबहादुर खत्रिले आफुहरु स्थानीयतहमा निर्वाचित हुनु अगाडी नै केहि जग्गा कारोबारीहरुले पैनी कब्जा गरेको बताए । वडाको सार्वजनिक जग्गा कब्जा गर्नलाई कुनैपनि हालतमा नछाड्ने र यस्ता कार्यमा लाग्ने विरुद्ध कानुनी उपचार खोज्ने बताए । पालिका वा वडा भित्रका कुनैपनि सार्वजनिक जग्गालाई कब्जा गर्न मिल्दैन , कब्जा गर्न विरुद्ध आफुहरु उभिने बताए । निजि जग्गा कब्जा भएको बिषयमा न्यायीक समितिमा उजुरी परेकाले यस बिषयमा जानकारी आएको वडाअध्यक्ष खत्रिले बताए । उनले न्यायीक समितिबाट अहिले वडा कार्यालयमा आएको पत्रको जवाफ पठाउन थालिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here