चन्द्रनिगाहपुर,१४ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै छ । देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।
जन्माष्टमीका दिन रौतहट जिल्लाका बिभिन्न स्थानमा रहेका कृष्ण मन्दीरमा आज मेला लाग्ने गरेको छ ।
यस्तै चन्द्रपुर ९ मा रहेको निजानन्द धाम नजरपुर ,सन्तपुर स्थित कृष्ण प्रणामी मन्दीरमा बिषेश मेला लाग्ने गरेको छ ।घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here