अशोक पहाडी
रौतहट,१४ भदौ ।
विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट ४ जना खेलाडी सहभागि हुने भएका छन् । चार जनामा ३ जना कुस्ती खेलाडी पर्सा जिल्लाका रहेकाछन् । नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समुहमा प्रतिष्पर्धा गर्ने छन् । उनी पनि पर्सा जिल्लाकै स्थानीय बासिन्दा हुन । ११५ किलो तौल समुहमा पर्सा जिल्लकै राज यादव ,९७ किलो तौल समुहमा पर्साकै सुनिल कुमार साह छनौट भएकाछन् । नेपाल आर्मीका सुरेश कुमार चुनारा ७४ किलो तौल समुहमा छनौट भएकाछन् । अक्टोवर २ देखी १० सम्म प्रतियोगिता नर्वेमा हुने छ । नेपाल कुस्ती सघले विश्व च्याम्पियनशिपका लागि शनिबार काठमाण्डौमा खेलाडी छनौट गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here