चन्द्रपुर, १५ भदौं । चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको कृष्ण प्रमाणी मन्दिरलाई चन्द्रपुर ९ निवासी ९६ बर्षिय सितादेवि गुरुङले वृद्धआश्रम निर्माणका लागि १ लाख ५१ हजार सहयाग गरेकि छिन । प्रणामी मन्दिरमा संचालित बितक चर्चा कार्यक्रममा गुरुङले समितीका पधादिकारीलाई रकम हस्तान्तरण गरेकि हुन । पहिले मंसाहारी जिबन बिताएकि गरुङले अहिले शाहाकारी जिबन बिताईरहेकि छिन । मांसाहारी भन्दा शाहाकारी जिबन स्वास्थ्यको लागि राम्रो रहको र पशु हिंसा पाप हो भन्ने लागेर शाहाकारी भएको वृद्धा गुरुङले बताईन । सो मन्दिर क्षेत्रमा बिभिन्न निकायबाट आर्थिक संकलन गरेर नयाँ मन्दिर र वृद्धआश्रम निर्माण भईरहेको संचालक समितीका अध्यक्ष कमल तिमल्सिनाले बताए । देशका विभिन्न स्थान तथा भारतबाट श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरु तीर्थाटनका सन्तपुर र नजरपुर मन्दिर आउने गरेका छन । दुव्र्यसन, धुम्रपान, लागुपदार्थ मुक्त समुदायको मन्दिरका रुपमा प्रणामी मन्दिरलाई चिनिन्छ । पूर्ण शाकाहारी, वली प्रथा निषेधजस्ता कारणले छुटै पहिचान बनाउदै आएको प्रणामी समुदायले मासुका लागि बिक्री हुने पशुपंक्षीहरु हांस, कुखुरा, परेवा ,खसीबोका, बाख्रासमेत पाल्ने नगरेका संचालक समितिका कोषाध्यक्ष खडक चौलागाईले बताए ।
