जनकपुर,१५ भदौं । केहीदिन यतादेखि प्रदेश २ मा कोरोना संक्रमणको संख्या ह्वात्तै घटेर गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ३३ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै जलेश्वर अस्पतालको ल्याबमा भएको परीक्षणमा एक जनामा कोरोना पोजिटिभ फेला परेको स्वास्थ्य निर्देशनालय प्रदेश दुईले जनाएको छ । २४ घण्टा भित्र पोजिटिभ भएका मध्ये धनुषाको एक जना ३५ वर्षीया महिला तथा क्रमशः महोत्तरीको मटिहानी नगरपालिका तथा मनरा शिश्वा नपाकी ४५र १७ वर्षिया महिलाहरु रहेकी छिन । यसअघि शनिबार निर्देशनालयद्वारा जारी तथ्याँक अनुसार पाँच जनामा पीसीआर परीक्षण गरिएको मध्ये ३ वटामा पोजिटिभ फेला परेको थियो । सिरहा अस्पतालमा भएको ९ जनाको परीक्षणमा सबै निगेटिभ रहेको जनाईएको छ । गौर अस्पतालमा ११ वटा पीसीआर परीक्षण गर्दा सबै निगेटिभ फेला परेको थियो । मलंगवा अस्पतालमा ८ वटा पीसीआर परीक्षण गरिएको मध्ये १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सबै भन्दा बढि नारायणी अस्पताल विरगंजमा ७८ जनाको परीक्षण गरिएको र सबैमा नेगेटिभ आएको हो । संक्रमण भएको मध्ये जनकपुरधाम उपमहानगरपालिका निवासी २७ र २९ वर्षिय दुई जना पुरुष तथा ३५ वर्षिय एक जना पुरुष छन । भने महोत्तरीको मटिहानी नगरपालिका निवासी २५ वर्षिय महिला पनि संक्रमणको पुष्टि भएको छ । विरामीहरुको अवस्था सामान्य बताईएको छ भने दिन प्रति दिन कोरोना संक्रमणको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । विस्तारै कोरोना संक्रमणबारे सर्वसाधारणमा चेतनाको प्रसार भईरहेको छ जसको कारण चेकजाँच गराउनेको संख्यामा बृद्धि भएपनि सर्वसाधारणको सचेतनाले पीसीआर परीक्षण गराउने संख्या बढि देखिएको छ भने पोजिटिभको प्रतिशत अत्यन्तै न्युन हुँदै गएको निर्देशनालयको तथ्याँकले पुष्टि गरेको छ । हाल सम्म कोरोनाको कारण प्रदेशमा १ हजार ३४ जनाको मृत्यु भईसकेको छ । सो मध्ये सबै भन्दा बढि सप्तरी जिल्लामा १ सय ५३ , सीरहामा १ सय ३२ , धनुषमा १ सय ३० , महोत्तरी ९१ , सर्लाही ९३ , रौतहट १ सय २७ , बारा १ सय ७६ ,पर्सामा १ सय ३० जनाको मृत्यु भईसको छ । एक जना भारतीय नागरिकको समेत पर्सा जिल्लामै उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु भएकाहरु मध्ये ७५४ पुरुष र १८० महिला रहेका छन । हाल सम्म ३६ हजार १ सय ८८ जना कोरोनालाई परास्त गरि घर फर्किसकेका छन । कोरोना जितेर घर फर्केकाहरु मध्ये २८ हजार ७ सय ८३ पुरुष तथा ८ हजार ९८ महिला रहेको तथ्याँकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here