जनकपुर,१५ भदौ । प्रदेश २ सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा प्रदेशसभामा प्रत्येक वर्ष दुईखाले दृश्य दोहोरिन्छ, सांसदले बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री लालबाबु राउतले रोस्ट्रममा उभिएर सांसदलाई आश्वस्त पार्ने । संसदीय अभ्यासमा यी दुवै दृश्य सामान्य देखिए पनि यसमा मुख्यमन्त्री राउत र यसअघिका आर्थिक मामिलामन्त्री विजय यादव बीचको राजनीतिक टकराव जोडिएको छ । मुख्यमन्त्री राउतले आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा शैलेन्द्र साहलाई ल्याएका छन् भने यादवलाई साहले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिइएको छ । एउटै दल जनता समाजवादी पार्टी (जसपा) का नेता राउत र यादव प्रदेश २ मा एक–अर्काका राजनीतिक प्रतिद्वन्द्वी पनि हुन । यादव जसपाका प्रदेश २ का अध्यक्ष छन । यी दुवैबीच प्रदेश सरकारको बागडोर सम्हाल्ने मामिलामा तुष बढेको हो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले हस्तक्षेप गरेर मुख्यमन्त्रीमा राउतलाई रोजेपछि यादवलाई आफूले रुचाएको मन्त्रालय दिइएको थियो । एउटै सरकारमा बसे पनि एक–अर्काप्रति ‘असहयोगी’ बनेका राउत र यादवबीच टकराव साढे ३ वर्षयता झनै बढेको छ । दुवैबीचको तुषले प्रदेश सरकारको गतिविधिमा मात्र होइन, अन्तर मन्त्रालयमा पनि समस्या छ । राउत र यादवबीच यति विघ्न वैमनश्य छ कि, मन्त्री यादवलाई आफ्नो मन्त्रालय सम्बन्धित काम भए मात्रै मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुन्छन । प्रदेश सरकारको राजनीति नियुक्तिमा यादवले राउत जतिकै भागिदारी खोज्छन । दुवै जना जसपामा केन्द्रीय अध्यक्ष उपेन्द्र निकट नै हुनरु। राउतको संसदीय क्षेत्र पर्सा र यादवको सिरहा होरु। चालु आर्थिक वर्षको बजेटमा मन्त्री यादवले मुख्यमन्त्री राउतको दुई लोकप्रिय अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ र ‘स्वच्छता कार्यक्रम’को बजेट उनलाई थाहै नदिई अर्कै दुई मन्त्रालयमा हालिदिए । बेटी पढाऊ, बेटी बचाऊको बजेट सामाजिक विकास मन्त्रालय र स्वच्छता अभियानको बजेट भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा हालिदिए । त्यसपछि मुख्यमन्त्री राउत यादवसंग झन् बिच्किए । तीन आर्थिक वर्षदेखि दुवै अभियानमा करोडौं बजेट पाइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस वर्षको बजेटमा थोरै रकम विनियोजन गरिएको थियो । राउतले जसपाका केन्द्रीय नेतृत्वसम्मै यो विवाद लगे । मन्त्री यादवलाई साथै राखेर सरकार चलाउन सकिन्न, मुख्यमन्त्री राउतले यो गुनासो केन्द्रीय अध्यक्ष यादवलाई सुनाए । स्रोतका अनुसार अध्यक्ष यादव शुक्रबार जनकपुर आउ“दा मन्त्री यादवको जिम्मेवारी हेरफेर गर्नेबारे निर्णय गरिएको थियो ।
मन्त्री यादवले भने आफ्नो ‘घटुवा’ भएको सन्देश जाने भएकाले मन्त्री पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साह भने अध्यक्ष यादवको सप्तरीस्थित निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा निर्वाचित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here