स्नेहा कर्ण

हामी सबै अहिले कोरोना महामारीको दोस्रो लहरमा छौ । कोरोना महामारीले गर्दा सबैको जीवन नै अस्तव्यस्त बनेको छ । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसबारे हाल सम्म कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन । यसबारे अझै पनि अध्ययन र अनुसन्धान जारी नै छ । तर, कोरोना महामारी सुरु भएदेखि नै यसले दीर्घ रोगीलाई विशेष प्रभाव पारेको र उनीहरुलाई छिटै च्याप्नसक्ने पाइएको छ । दीर्घ रोगीमा पनि फोक्सोका बिरामी, मुटुका बिरामी, मिर्गौलाका बिरामी लगायतलाई कोरोनाले नराम्रोसंग प्रभावित बनाउने गरेको छ ।
फोक्सो र मुटुका बिरामी मध्ये पनि जसले बढी सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् वा गर्दै आएका थिए, उनीहरूलाई कोरोनाले बढी प्रभावित बनाएको उपचारमा संलग्न चिकित्सकहरूले नै बताउने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवनका कारण सेवन गर्ने व्यक्ति मात्रै होइन, तिनको वरपर भएकाहरूलाई पनि नराम्रो असर पुर्याउने गर्छ । धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने थाहा हुदाहुदै पनि मानिसहरूले यसलाई शौखको रूपमा लिने र साथीभाइको लहलहैमा लागेर लतमा फस्ने गरेको विश्व स्वास्थ्य संगठनसहित चिकित्सकहरूले भन्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठन र युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण बर्सेनि ६० लाख मानिसहरूको अकालमै मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवन भनेको धुम्रपान हो । जसमा चुरोट, बिडी, सिगार, हुक्का, खैनी आदि पर्छन् ।
धुम्रपानका कारण मुटुमा ब्लकेज हुनाले हृदयघात हुने, मस्तिष्कमा ब्लकेज हुनाले मस्तिष्कघात र खुट्टाको नलीहरू बन्द हुदा खुट्टै काट्नु पर्ने अवस्था उत्पन्न हुन्छ । जुनसुकै तरिकाले प्रयोग गरे पनि यी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुहोस् । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निणर्य गर्नु भनेकै धुम्रापान सेवन बन्द गर्नु हो ।
चुरोट, बिँडी, कँक्कड, तमाखु, सिगार आदि सल्काई मुखले तानेर नाकमुखबाट धुवापान गरिने प्रक्रियालाई धुमपान भनिन्छ ।
त्यस्तै खैनी, पान, सुर्ती वा अन्य कुनै पनि रूपमा सुर्तीजन्य पदार्थको रस, चोक्टा वा दुवै चुस्ने÷निल्ने क्रियाकलापलाई सुर्तीजन्य पदार्थको सेवन भनिन्छ । सुर्तीजन्य पदार्थमा ४ हजारभन्दा बढी किसिमका विषाक्त रासायनिक पदार्थहरु जस्तैः हाइड्रोजन साइनाइड, सल्फरडाइ अक्साइड, कार्वनमोनो अक्साइड, एमोनिया, फर्मलडिहाइडहरू ग्यासका रूपमा रहेका हुन्छन् । यसका साथै ४० प्रकारका क्यान्सर गराउने खालका पदार्थहरु जस्तैः आर्सेनिक, क्रोमियम, नाइट्रोसमाइन र बेन्जोपाइरिन जस्ता रासायनिक तत्वहरु हुन्छन् । धुम्रापान र सुर्तीजन्य पदार्थमा पाइने नसालु रासायनिक पदार्थ निकोटिनको कारणले सधै खानुपर्ने लत बस्दछ । निकोटिनको लतले मानिसलाई शारीरिक र मानसिक रूपले अशक्त पार्दछ ।
धुवामा भएका निकोटिन, क्याडमियम, कार्बन मनोअक्साइड जस्ता तत्वहरूले प्रजनन प्रकृयामा समेत असर गर्दछन् । सुर्तीजन्य पदार्थबाट तत्काल धेरै असर नपरे पनि यसको दीर्घकालीन असर डरलाग्दो हुन्छ । यसको सेवन गर्ने बानी सानै उमेरमा साथीहरूको सगंत र सामाजिक वातावरणको कु प्रभावबाट सुरु हुन्छ ।
कति मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्छन् ?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्छन् । ती मध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवनकै कारण मर्ने गरेका छन् । मुटु र रक्तनली सम्बन्धी रोग मध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने गरेको छ । जस मध्ये १० प्रतिशत चुरोट सेवनले मात्र गर्छ । चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाटी, मुख, आन्द्र, पाठेघर, स्तन, पिसाबथैली, मृगौला जस्ता अगंमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवनकर्तालाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेमा भन्दा पाचगुणा बढी हुन्छ । अमेरिकामा पाच मध्ये एक व्यक्तिको मृत्यु चुरोट सेवनले हुने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा भने प्रत्येक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको छ ।
नसर्ने रोगको कारण मानिसको मृत्यु हुने कारण मध्ये एक धुम्रपान पनि हो । दैनिक धुम्रपान गर्ने र कहिलेकाही सेवन गर्ने मानिसहरूमा हृदयरोगको समस्या बढी हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । आधुनिक जीवनशैलीसंगै बढ्दो धुम्रपानका कारण मुटु सम्बन्धी विभिन्न समस्या देखा पर्न थालेको छ ।
वर्तमान समयमा धुम्रपान गर्नु फेसन बनेको छ । विशेषगरी युवा पुस्तामा धुम्रपानको लत परेको देखिन्छ । साथीसंगीको लहलहैमा लागेर धुम्रपान गर्नेहरू पनि लाखौको संख्यामा छन् । तर, रहर र अर्काको लहलहैमा धुम्रपान गर्नाले तपाईको स्वास्थ्यमा मात्रै होइन तपाईको वरपर हुने मानिसमा पनि नकारात्मक असर पारिरहेको हुन्छ ।
विशेषगरी तपाई र तपाईको वरपरका मानिसको मुटुमा यसले खतरनाक प्रभाव पारिरहेको हुन्छ । चुरोट सेवन गर्नाले मुटुलाई असर पारेकै हुन्छ तर, एकदुई खिल्लीले केही असर हुदैन भनेर सोच्नु गलत हो ।
चुरोटको एकदुई खिल्लीले बर्सेनि मुटु र मु्टुसम्बन्धी समस्याले सताउने गरेको पाइएको छ । धुम्रपानका कारण मुटुमा ब्लकेज हुनाले हृदयघात हुने, मस्तिष्कमा ब्लकेज हुनाले मस्तिष्कघात र खुट्टाको नलीहरू बन्द हुदा खुट्टै काट्नु पर्ने अवस्था उत्पन्न हुन्छ । चुरोटमा हुने पदार्थहरू मध्ये सबैभन्दा खतरनाक निकोटिन हो । यसले रगतमा मिसिएर रक्त नलीको भित्तामा प्रतिक्रिया देखाउन थाल्छ र शरीरमा अक्सिजननको मात्रा कम गर्न थाल्छ । अर्थात् रक्त सञ्चारमा अवरोध उत्पन्न गरेर मुटुमा ब्लकेजको प्रतिक्रियालाई बढाउन थाल्छ । जसले गर्दा रक्तनली खुम्चिने र हृदयघात, मस्तिष्कघात जस्ता समस्यालाई निम्त्याउछ । विशेष गरी युवा पुस्ता ४० वर्षकाहरूमा हुने हृदयघातको कारण धुम्रपान रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । धुम्रपानकै कारणले हुने हृदयघातमा वंशाणुगत कारण पनि पाइएको छ । वंशाणुगत कारणले हुने हृदयघात विरलै हुने गरेको पाइएको छ ।
चुरोट सेवन बन्द गर्ने बित्तिकै हृदयघात र मस्तिष्क घातको सम्भावना कम हुदै जान्छ । क्यान्सर र फोक्सो सम्बन्धी रोगको सम्भावना कम गराउँछ । अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।
मुटु र दम रोगका लागि लामो समयसम्म धुम्रपान गरेको हुनुपर्छ भने हृदयघातका लागि कुनै समय हुदैन । त्यसैगरी महिलामा पनि हृदयघातको कारण धुम्रपानलाई मानिएको छ भने रक्तचाप भएका बिरामीहरुले धुम्रपान बिलकुलै गर्नु हुदैन । किनकि औषधि सेवन गरिरहेको क्रममा धुम्रपानले केही हुँदैन भनेर सोच्नु गलत हो । रक्तचाप भएका व्यक्तिले धुम्रपान सेवन ग¥यो भने हृदयघात हुने सम्भावना झन बढी हुन्छ ।
हृदयघात
धुमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साघुरो बनाउछ । सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउछ । चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ । चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुई देखि चार गुणा बढी हुन्छ । यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयघात गराउछ ।
फोक्सोको क्यान्सर
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सा ेबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाब थैली, मृगौलाजस्ता अगंमा पनि क्यान्सरको खतरा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्क घातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । महिलाले सुर्तीसेवन गरे, बाझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ । हडी कमजोर भई सामान्य ठक्करबाट पनि हडी भाचिन सक्छ ।
चुरोट छोड्दाका फाइदा
चुरोटसेवन बन्द गर्न ेबित्तिकै हृदयघात र मस्तिष्क घातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सा ेसम्बन्धी रोगको सम्भावना कम गराउछ । केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ । केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ । स्वाद र सुँघ्ने क्षमतामा सुधार भइ खानामा रुचि बढ्छ । शरीरबाट चुरोटको दुर्गन्ध आउदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here