एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा यतिबेला न्यायिक हिरासतमा छन् । उनीमाथि अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोप लागेको छ । उनी पक्राउ परेको एक महिना बितिसक्दा पनि तत्कालै छुट्ने कुनै छाँटकाँट छैन । श्रीमान हिरासतमा भएकै बेला एक साताअघि मात्रै ‘सुपर डान्सर ४’को सेटमा फर्किएकी शिल्पाले नयाँ तरिकाले जीवन जीउन शुरु गरिरहेकी छिन् । शिल्पाको नजिकको साथीका अनुसार शिल्पाले राजबिनाको जीवनको योजना बनाइरहेको बलिउड हंगामाले उल्लेख गरेको छ। साथै, उनी आफ्ना दुई बच्चाहरूलाई पनि श्रीमान कुन्द्राले गलत तरिकाले कमाएको सम्पत्तिबाट टाढा राख्न चाहन्छिन् । र, आफू पनि राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन चाहदिनन् । उनले ‘सुपर डान्सर ४’को एउटा एपिसोडबाट मात्रै १८ देखि २० लाखसम्म पारिश्रमिक लिने गर्छिन्। साथै, उनलाई फिल्मको अफर समेत आइरहेका छन्। त्यसैले उनलाई सुविधासम्पन्न जीवन बिताउन खासै गाह्रो हुने छैन। जसकारण पनि उनी राजसँग अलग हुन खोजिरहेको बताइएको छ। तर, शिल्पाले भने यसविषयमा केही बोलेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here