चन्द्रनिगाहपुर, १५ भदौं । काठ तस्करहरुले जंगलबाट अवैध रुपमा तस्करी गरी लुकाइएका काठहरु वन कर्मचारीहरुले धमाधम बरामद गर्न थालेका छन् । काठ तस्करहरुले वन कर्मचारीको आखा छली तस्करी गरेर पानीमा लुकाई राखेको अबैध सालको काठ बरामद गरेका छन् । रौतहटको वन कर्मचारी तथा जंगलसहिया साझेदारीका कर्मचारीहरुको टोलीले कटहरिया नगरपालिका–१ भसेढवा स्थित पानीमा लुकाई राखेको अवस्थामा ५७ क्युफिट बराबरको ११ थान सालको गोलिया बरामद गरेका हुन । त्यस्तै सोमबार दिउसो गुजरा नगरपालिका–३ सिम्रीबाट पनि १३ क्युफिट बराबरको ३ थान सालको गोलिया बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here