चन्द्रपुर,१६ भदौ । जिल्ला सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीसंग बिभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो बढेको भएपनि जिल्लाभरीकै सामुदायीक विद्यालयले शुल्क लिने गरेको विषयमा कसैले ध्यान दिएको छैन् ।
जिल्लाभरी रहेका सामुदायीक विद्यालयले बिभिन्न बाहानामा विद्यार्थीसंग रकम असुल्ने गरेको भएपनि त्यस तर्फ सम्बन्धीत पालिकाहरुको ध्यान जान सकेको छैन् ।
यता जिल्लाका निजी विद्यालयहरुले समेत धमाधम कक्षा संचालन गरेकाछन् । निजी विद्यालय सञ्चालकहरुले विद्यालय सुचारु गर्न र विद्यार्थीहरुबाट शुल्क लिन अनेक उपाय अवलम्बन गरेका छन् । कोभिड १९ का कारण बन्द रहेका विद्यालय यथासक्य छिटो सञ्चालन गर्दा दशैं अगावै शुल्क उठाउन बाटो खुल्ने भन्दै निजी विद्यालय सञ्चालक एवम् निजी विद्यालय सञ्चालकहरुको छाता संगठन हात धोएर लागिपरेको अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालय सञ्चालकहरुले दशैं अगावै शुल्क असुल गर्न अनेकौं जुक्ति लगाएको अभिभावकहरुको आरोप छ ।
नारा,जुलुस र र्याली गर्न हुने विद्यालय सञ्चालन गर्न किन नहुने भन्दै निजी विद्यालयहरुले विद्यालय खुलाएका हुन ।
रकम असुल्न निजी विद्यालयहरु जसरीपनि विद्यालय खुलाउने तरीमा छन् भने सामुदायीक विद्यालयहरु समेत तलव खानकै लागि भएपनि विद्यालय खोल्ने तयारीमा रहेकाछन् ।
सरकारले निशुल्क शिक्षा भनेको भएपनि सामुदायीक विद्यालयहरुले अग्रेजी कक्षा संचालन लगाएतका बिषयको नाममा अभिभावकबाट चर्को शुल्क असुल्दै आएकाछन् । कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लाका विद्यालय खोल्न थालिएको छ । जिल्लामा अनलाईन कक्षाबाट पठनपाठनको प्रभावकारिता खासै नभएको भन्दै केहि स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय खोल्न निर्देशन दिएका छन ।
विगत लामो समयदेखि कोरोना संक्रमणका कारण जिल्ला निजि बिद्यालयहरुले यसअघि नै प्रत्यक्ष कक्षा सञ्चालन गरे पनि सामुदायिक बिद्यालयमा कक्षा संचालन भएको थिएन ।
रौतहटका १८ स्थानिय तहहरु मध्ये केही विद्यालयहरुले आन्तरिक रुपमा बैकल्पिक विधिद्धारा कक्षा सञ्चालन गरेको पाइएको छ ।
कटहरिया नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरु आइतबारबाट सञ्चालनमा आएका छन भने गरुडा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु भदौ १६ गते बुधबारबाट भौतिक रुपमा नै कक्षा सञ्चालन गरिने नगरपालिकाले सुचना जारी गरेको छ । रौतहटमा साक्षर अभिभाबकको कमी र ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहु“च नहुँदा अनलाईन कक्षाबाट पठनपाठन हुन सकेको थिएन ।
गरुडा नगरपालिकाको पत्रचार अनुसार विद्यालयमा मास्क, सेनिटाइजर, साबुनपानीको व्यवस्थापन गरी विद्यालय संचालन गर्न लागिएको मध्य रौतहट बहुमुखि क्याम्पसका प्रमुख प्रभु पटेलले बताए ।
यता जिल्ला प्रशासनले भने कोरोनाको जोखिम कम गर्न भन्दै भदौ १५ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा गरेको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा गरिने शैक्षिक गतिविधिमा रोक लगाएको थियो ।