रुपेन्द्र पटेल
बिजयपुर,१६ भदौ ।
व्यक्ति तथा निजी संस्था व्यापक ठगिने गरेको चेक बाउन्सबाट सरकारी कार्यालयसमेत पीडित बन्न थालेका छन् । बुझाउनुपर्ने पर्याप्त रकम नभएको बैंक खाताबाट चेक भुक्तानी गर्नु चेक बाउन्स हो । यस्तो कार्य बैंकिङ कसुर अपराध ठहरिन्छ ।
तर रौतहटको एक नगरपालिकालाई खातामा पैसा नभएको चेक दिने निर्माण व्यावसायीले भने सहजै उन्मुक्ति पाउने भएकाछन् । रौतहटको फतुवाविजयपुर नगरपालिकाले उकजना व्यवसायीबाट पाएको एक करोड ११ लाखको चेक बाउन्स भएको छ । भुक्तानीको टुंगो छैन । ठेकेदारले दिएका करोडौ रुपैयांका चेक नसाटिदासमेत सो नगरपालिकाले उठाउने तीर ध्यान दिएको छैन् । सो नगरपालिकाले चेक नसाटिदा पनि राजस्व असुलीका लागि थप प्रयास नगरेको महालेखाले जनाएको छ । यसरी चेकमार्फत भुक्तानी लिदा बाउन्स हुन थालेपछि भुक्तानीको माध्यम नै परिवर्तनको आवश्यकता देखिए छ । साह निर्माण सेवाका संचालक तथा नेपाली कांग्रेसका नेता समेत रहेका नागेन्द्र साहले फतुवा बिजयपुर नगरपालिकाको बकैया खोला उत्खनन् गरे वापत एक करोड ११ लाखको चेक नगरपालिकालाई दिएका थिए ।
नगरपालिकाले सो रकम असुलीका लागि पटक पटक ताकेता गर्दा समेत सुनुवाई नभएपछि जिल्ला अदालत गौरमा चेक बाउन्सको मुद्धा दर्ता गराएको छ । नगरपालिकाले चेक बाउन्सको मुद्धा दर्ता गराउदा समेत ठेकेदार साहले म पैसा तिर्दिन जसरी असुल्नु छ ,असुल्नु भन्दै नगरपालिकालाईनै धम्की दिने गरेको सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रमोद गुप्ताले तराई एक्सप्रेसलाई बताए । ठेकेदार साहले सो खोलाबाट उत्खनन् गरेको गिट्टी बालुवा भने नगदै सोही समयमा बिक्रि बितरण गरी सहेकाका छन् ।
नेपाली काग्रेसबाट प्रदेशसभा सदस्यमा रौतहट क्षेत्रनं १ बाट चुनाव लडेका निर्माण व्यावसायी साहले भने आफुले खोला उत्खनन गर्ने बेलामा सम्झौता नगरेका कारण आफुले पैसा नतिरेको बताउदै आएकाछन् । तपाईले नगरपालिकाको पैसा किन नतिरेको भन्ने बिषयमा साहले तराई एक्सप्रेसंग भने नगरपालिकाले मसंग सम्झौतै गरेको थिएन् कसरी पैसा तिर्ने भन्ने जवाफ दिएकाछन् ।

यो पनि पढनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here