चन्द्रपुर,१७ भदौ । रौतहट जिल्लाको चन्द्निगाहपुरमा महिला तथा पुरुषका लागि एकै ठाउबाट सेवा प्रदान गर्ने उदेश्यले द कम्ब फेमली ब्युटिपार्लर संचालनमा आएको छ ।
द कम्ब फेमली ब्युटिपार्लरको नेकपा एमाले रौतहटका अध्यक्ष तुलसी गिरीले एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरेका छन् । द कम्ब फेमली ब्युटिपार्लरको उदघाटन गर्दै गिरीले युवाहरुले कसैसंग आस गर्ने भन्दा पनि आफै आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
चन्द्रपुर नगरपालिका वडा न ४ अन्तर्गत कृषि विकास बैक नजिकै संचालित द कम्ब फेमली ब्युटिपार्लरको उद्घाटन कार्यक्रममा गिरिले युवाहरु आत्मनिर्भर बनि हरेक क्षेत्रमा अग्रसर हुन विविध योजना संचालन गर्नुपर्नेमा बताए ।
कार्यक्रममा नेकपा एमाले चन्द्रपुर नगरपालिकाका नगर सचिव राजु तिवारी, नेपाल खेलकुद महासंघका केन्द्रय सदस्य रवि राना मगर र संचारकर्मीहरुले द कम्ब फेमली ब्युटिपार्लरको प्रगतिको कामना गरेका थिए । ब्युटिपार्लर संचालिका शर्मिला राईले अतिथि सबै धन्यबाद ज्ञापन गर्दै सबैको साथ, सहयोग ,माया अनि सद्भावको अपेक्षा गरिन । एघार लाखको लगानीमा संचालित ब्यटि सैलुनमा हेयर कटिङ, फेसियल, थे्रेडिङ लगायतका सेवा उपलब्ध हुने संचालिका राईले बताईन ।
संचालिका शर्मिला राइले यसै क्षेत्रमा भारतको हैदराबदमा १२ बर्ष काम गरेको र अहिले आफनै गा“उमा खोलेको बताईन । ब्युटिपार्लरमा पुरुषका लागि जिवन मगर र महिलाको लागि सर्मिला राईले सेवा प्रदान गर्ने छन् ।
दुबै जना श्रीमान श्रीमती हुन् । दुबैले भारतमा लामो समय सम्म सो क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
जिल्लामै पहिलो पटक महिलाका लागि ब्यटिपार्लर र पुरुषका लागि हेयर कटिङ शैलुन एक स्थानमा संचालनमा आएको हो ।