अमृत सापकोटा,चन्द्रपुर,१७ भदौ ।
नेकपा (एस) निर्माण गरेका माधवकुमार नेपाल काठमाण्डौ स्थित आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएको खबर बाहिरंदै गर्दा गृह जिल्ला रौतहटमा भने नेपालको पार्टी बलियो देखिएको छ ।
रौतहटको चनद्रपुर नगरपालिकामा माधव नेपालको पार्टीको अवस्था कमजोर बन्दै जादा जिल्लाका अन्य स्थानमा भने नेपालको पार्टी बलियो देखिएको छ । नेपाल नजिक रहेका जिल्लाका नेताको पेलान र हेपाहा प्रबृतीका कारण केही समयपछि रौतहटमा पनि नेपालको पार्टी छाड्नेको लार्को लाग्ने एकजना एमालेका कार्यकताले बताए ।
माओवादीसंग एकता गर्नु पहिलाको सबिक एमालेका २१ जना जिल्ला कमिटि सदस्यले नेपालको साथ छाडेर एमालेमा खुलेकाछन् ।
माओवादीसंग एकता हुनु पहिला ८१ जनाको जिल्ला कमिटि रहेको थियो । अच्युत हुमागाई ,बिना साह ,सारदा हुमगाई ,उपेन्द्र यादव,नागेनद्र ठाकुर,मुक्ति नारायण मिश्रा ,जय प्रकाश कौसल ,धर्मेन्द्र पटेल ,इद्रिस सिद्धगी , लालबाबु जयसवाल ,राजेस प्रसाद साह ,अनन्त पौडेल, चन्द्रशेखर प्रसाद साह ,यमलाल गोले ,भक्त प्रसाद तिमलसिना ,खडगराज उप्रेती ,मोहमद जय , योगेन्द्र साह ,उत्तर बहादुर थापा ,शिव आचार्य र सुरेन्द्र आचार्य नेकपा एमालेमा रहेको एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरीले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
नेपालले जितेको काठमाण्डौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको समचार बाहिर आएसंगै नेपालका रौतहट स्थित नेताहरु समेत रौतहटबाट एमाले जानबाट नेता कार्यकर्ता रोक्न लागि परेको समाचारस्रोतले बताएको छ ।
माधव नेपालको गृह जिल्ला रौतहटमा गएको स्थानीय तहको निर्वाचनमा १८ वटा स्थानीय तहमा एउटामा समेत प्रमुख जित्न सकेको थिएन् । अव फेरी स्थानीय तहको निर्वाचनको मिति नजिकदै जा“दा नेकपा एमाले फुटाएर माधव नेपालले अर्को पार्टी खोलेपछि नेपाली कांग्रेस र मधेसवादी दललाई फाईदा पुग्ने सहजै अनुमान लगाउन सकिन्छ ।
गएको स्थानीय तहको निर्वाचनमा रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेले उप मेयर पद हात पारेको थियो । अन्य स्थानीयमा केही वडा अध्यक्ष पदमै चित्त बुझाउनु परेको थियो ।
यतीबेला नेता कार्यकर्ता समेत अन्यौलमा रहेका छन् । माधव नेपालसंग निकट रहेर सधै लाभ लिईरहेकाहरु कार्यकर्तालाई आफ्नो पार्टीमा लाग्न दवाव दिईरहेका छन् ।
उता एमालेका नेताहरु समेत आफ्नो पक्षमा नेता कार्यकर्तालाई ल्याउन लागि परेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here