चन्द्रपुर,१७ भदौ । आफन्त पर्नेले नै जवरजस्ती करण गर्न खोजेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको छ । चन्द्रपुर नगरपालिका वाडनं १ माईती भएकी २७ बर्षकी एक छोरा र एक छोरीकी आमालाई आफ्नै श्रीमानका भिनाजुले जवरजस्ती करणी गर्ने प्रयास गरेका हुन् ।
उनका श्रीमानको निधन भईसकेको छ । पर्साको सखुवाह पर्सौना गाउपालिका २ स्थायी घर भएकी ती महिला माईती गाउ पौराईाबाट घर जानका लागि गाडी कुरी रहेको बेला आफ्ना श्रीमानको भिनाजुको गाडी चढेकी थिईन् ।
पर्सा जिल्लाकै बहुदरमाई गाउपालिका वडानं ५ घर भएका ट्रक चालक दसरथ राउत अहिर यादवले ती महिलालाई ट्रकमा चढाई ल्याएर चन्द्रपुर नगरपालिकामा पर्ने लोक मार्गको काली खोला नजिक गाडी भित्रै बलात्कारको प्रयास गरेको ती महिलाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको जाहेरीमा उल्लेख रहेको छ । ट्रक चालक रहेका यादवले गाडी कुरेर बसेकी ती महिलालाई म घर पु¥याई दिन्छु भन्दै गाडीमा हालेर लगेका थिए ।
चालक यादवले जवरजस्ती करणीको प्रयास गरेपछि महिलाले चिच्याएर हो हल्ला गरेपछि अन्य गाडी चालकको सहयोगमा उनी चन्द्रनिगाहपुर आउन सफल भएकी थिईन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने बुधबार ती महिला जाहेरी लिएर प्रहरीमा आएको तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । सो घटना भदौ ९ गते बेलुका साडे नौ बजेको समयमा भएको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख रहेको छ ।
प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here