गौर,१८ भदौ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित एकजना उप मेयर र ४ जना वडा अध्यक्षले एमाले छाडेका छन् । चन्द्रपुर नगरपालिकाबाट उपमेयर रामरति चौधरीले पनि एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् ।
चन्द्रपुर नगरपालिका नेकपा एमालेबाट निर्वाचित भएका ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत छोटेलाल दासले बताए । चन्द्रपुर नगरपालिकाका लगभग सबै निर्वाचित जन प्रतिनिधिले माधव नेपालको पार्टी एकिकृत समाजवादी पार्टी रोजेका छन् । केही वडा सदस्यहरु भने नेकपा एमालेमै रहेका छन् । रौतहट जिल्लामा एकजना उपमेयर रामरती चौधरी र २२ जना वडा अध्यक्षले नेकपा एमालेबाट चुनाव जितेका थिए । विहिबार रौतहटका जनप्रतिनिधिहरु नया“ पार्टी प्रवेश गरेको जानकारी दिन निर्वाचन कार्यालय पुगेका छन । जिल्लमा जनप्रतिनिधिले पुरानो पार्टी छोडेर नया“ पार्टीमा गएको जानकारी दिन शुरू गरेका हुन ।
गत भदौ २ मा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो । त्यस अनुसार, निर्वाचन आयोगले दुवै दलका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौ सम्म नया पार्टीमा जान सक्ने समय दिएको थियो । निर्वाचन आयोगले नया दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस अनुसार रौतहटबाट पनि जनप्रतिनिधिहरु निर्वाचन कार्यालय पुगेका छन ।
रौतहटमा बिहीबार नै महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रीक समाजवादी पार्टी मा ४५ जना र माधव नेपाल अध्यक्ष रहेका नेकपा एकीकृत समाजवादी पार्टीमा ३२ जना स्थानिय तहका जनप्रतिनिधिले सनाखत गरेका छन । जस मध्य गौर नगरपालिकाका ३६ जसपाका निर्वाचित जनप्रतिनिधिहरु मध्ये ३२ जना जनप्रतिनिधिले लोसपामा रहने गरि जिल्ला निर्वाचन कार्यालय गौरमा सनाखत गरेको छन । गौर नगरपालिकाका एक जना जनप्रतिनिधिले हिजो नै सनाखत गरेको र बाँकी रहेका ३ जनाले भने एकदुई दिनमै सनाखत गर्ने प्रतिबद्धता दिएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले तराई एक्सप्रेसलाई बताए ।
२०७८ भदौ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here