गौर,१८ भदौ । पत्रकारको मोटर साईकलमा लागु औषध राखेको बिषयमा विवादमा तानीय पछि रौतहटका एसपी सिद्धि बिक्रिम शाह हेडक्वाटर तानीय । त्यस पछि रौतहट प्रहरी प्रमुख बिहिन भएको छ ।
स्रोतका अनुसार जिल्ला प्रहरी प्रधान कार्यालय रौतहट पठाउनका लागि प्रहरी प्रधान कार्यालयले दुई जना एसपीलाई जान भनेको भएपनि ती एसपी रौतहट आउन नमानेका हुन् । भदौ लगेपछि बिवादमा आएको रौतहट प्रहरीले सो विवाद मिलाउने प्रयास गरेको भएपनि एसपी शाह र अर्का पत्रकार संजय सहनीको अडियो सार्वजनिक भएपछि रौतहटका तत्कालिन एसपी शाह हेडक्वाटर बोलाइएका थिए ।
उनको ठाउमा अर्का एसपीहरुलाई पठाउन खोज्दा रौतहट आउन नमानेको समाचारस्रोतको भनाइ रहेको छ । एसपी सिद्धि बिक्रम शाहीको तानीय पछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा डिएसपी नारायण प्रसाद चिमोरियाले निमित्त भएर काम चलाउदै आएकाछन् । डिएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्ला काण्डमा छानबिनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारले माग गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाह र डिएसपी चिमोरिया दुबैलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको भएपनि डिएसपी माथि कुनै छानबिन नभएको पत्रकारहरुको भनाइ रहेको छ । रौतहट घटना छानबिनका लागि प्रहरी प्रधान कार्यालयले टोली गठन गरेको भएपनि त्यसको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन् ।
एसपी शाह भन्दा पहिला रौतहटमा रहेका अर्का एसपी रवीराज खड्का समेत बिवादमा तानिएर हेडक्वाटर पुगेका थिए । एक बर्षमा दुई जना एसपी रौतहटमा बिवादमा परेपछि अरु एसपीले रौतहट आउन चासो नदिएको जानकारहरुको भनाइ रहेको छ ।
एक दलित युवाको प्रहरी हिरासतमा प्रहरीको कुटाईबाट ज्यान गएको बिषयमा सो बेलाका एसपी खड्का समेत समय नपुग्दै रौतहट छाडन् बाध्य भएका थिए । २०७८ भदौ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here