शंखर पहाडी
सर्लाही,१८ भदौ । को लालबन्दी नगरपालिका ५ बाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली र एउटा मोटरसाईकल बरामद् गरेको छ । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेन्द्र थापाको कमाण्डको गस्ती टोलीले शुक्रवार बिहान करिब ५ः३० बजे एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद् गरेको हो ।
गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ प्रदेश नं। २–०२–००४ प ७७५७ नम्वरको मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा मोटरसाईकलको लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा कपडाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद् भएको सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी नायव उपरिक्षक थापाका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद् भएको हो । बरामद् भएको हतियार र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीको कार्यालय नजिकै रहेको भएपनि प्रहरीको गस्ती चुस्त दुरुस्त नहुँदा सशस्त्र प्रहरीले आफ्नो गस्तीलाई कडाईका साथ बढाएपछि भनसर छलीका सामानहरुका साथै हातहतियार समेत बरामद् गरी रहेको छ ।