अमृत सापकोटा,चन्द्रपुर,१८ भदौ ।
जिल्लाको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरका ३८ वर्षीय युवा मनोज बजगाँई गाउ“मै बसेर कृषिक्रान्ति गर्ने सोचका साथ मौरीपालन गरिरहेका छन । विगतमा ६ बर्ष बिदेशमा बिताएका बजगाँईले मौरीपालन शुरु गरेको ४ बर्ष भयो ।
निम्न वर्गीय परिवारका बजगाईले परिश्रम र मेहेनत गर्ने हो, भने गाउ“मै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ, भन्ने गतिलो उदाहरण बनेर देखाएका छन । उनले ७ दिनको मौरीपालन तालिमबाट प्ररित भई मौरीपालन शुरु गरेका हुन ।
विगतमा बैदेशिक रोजगारीका क्रममा भोगेका चुनौती र संघर्षलाई सम्झदै १० घारबाट मौरीपालन शुरु गरेका उनले हाल ४५ घार मौरीपालन गरि रहेका छन । एक घार बाट कम्तिमा पनि ३० हजार रुपैया“ आम्दानी हुने उनले बताए । उत्पादन भन्दा माग धेरै भएकोले बजारको पनि समस्या नभएको उनको अनुभव रहेको छ । सहज र कम लगानीमा शुरु गरेर राम्रो आम्दानी गर्न सकिने यो व्यवसाय सबैले शुरु गर्न सकिने बजगाँईले बताए । हप्तामा दुई दिन मात्रै समय दिए पुग्ने मौरीपालन अन्य खेती भन्दा सजिलै गर्न सकिने भएकोले यसमै रमाउन थालेको उनि बताउ“छन । विगत ४ बर्षदेखि देखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक बजगाँईले मह उत्पादन गरेर वार्षीक १० लाख रुपैया आम्दानी गर्दै आएका छन । उनको अहिले ४५ वटा मौरीका घार छन् भने सिजनमा ५० भन्दा बढी हुने गरेका छन् ।
मेलिफेरा जातको मौरी पालेका उनि यो व्यावसायबाट गतिलो कमाई गर्न सफल भएको छन ।
उनले वर्षमा ८ पटक मह निकाल्ने गरेका छन् । उनले उत्पादन गरेको मह घरवाटै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ ।
प्रतिकिलो रु ८ सय रुपैयाका दरले मह बिक्री हुने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा मौरी पालनको क्षेत्रमा निकै सम्भावना रहेको छ, तर आवश्यक ज्ञानको कमीले परम्परागत ढंगले मौरी पाल्ने गरेको र व्यसायीक रुपमा यो व्यवसाय अगाडी बढाउन स्थानिय तहले सहयोग नगरेको मौरीपालक कृषकहरुको भनाई रहेको छ । मौरी पालन गर्न धेरै खर्च र झण्झट नहुने भएकाले थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिने किसानहरु बताउ“छन ।
जिल्लामा व्यवसायिक मौरीपालन गर्ने कृषकको संख्या सयको हाराहारीमा छन् । जिल्लाको बागमती, पौराई, गैडाटार, चन्द्रनिगाहपुर ,सन्तपुर लगायत ५ भन्दा बढी वडामा व्यावसायीक रुपमा मौरीपालन गरिंदै आएको छ । .२०७८ भदौ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here