वीरगन्ज ,१९ भदौ । बाराको परवानीपुर गाउँपालिकामा समाजिक सेवाका लागि परवानीपुर युवा समाज शनिबार गठन भएको छ । नवगठित परवानीपुर युवा समाजको अध्यक्षमा धनराज गुप्ता रहने गरि ११ सदस्यीय कमिटी गठन भएको हो । समाजको उपाध्यक्षमा गोविन्द यादव , श्रीराम साह सोनार , सचिवमा हुलास यादव चयन भएका छन । यस्तै सदस्यहरुमा डाक्टर अशोक यादव , तिवारी यादव , राहुल गुप्ता , अजय यादव , विशाल यादव ,हरि ओम यादव लगायतका रहेका छन । नवगठित युवा समाजले गाउँपालिका भित्रका बेथिति र विसङ्गती विरुद्ध एक जुट भएर आवाज उठाउने र राम्रो काममा सहयोग गर्न गरी अगाडि बढने जनाएको छ ।
पछिल्लो समय गाउँपालिकामा सक्रिय रूपमा कुनै पनि समाजिक सेवाका लागि युवा समाज अगाडि नआएकाले आफुले यो समाज गठन गरेर आउनु परेको समाजको भनाइ छ ।