गौर,१९ भदौ । पछिल्लो समय रौतहटमा बिभिन्न काम लगाइदिने भन्दै ठगी कारोबार फस्टाउदै गएको छ । ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विदेशमा राम्रो काम लगाई दिन्छु, भन्दैं ठगी गरेको अभियोगमा जिल्लाको यमूनामाई गाउपालिका वडा नं.–१ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । प्रहरीमा राम्रो चिन्हजान भएकोले भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाईदिन्छु, नभए वैदेशिक काममा गएभने राम्रो काममा पठाई दिन्छु भन्दैँ गौर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय सुधिरकुमार झाले आफूलाई ठगी गरेको भन्दै कुर्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
झाले दिएको जाहेरीको आधारमा कुर्मीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ७ लाख ५५ हजार रुपैया ठगी गरेर कुर्मी फरार भएको भन्दैँ झाले दिएको उजुरीपछि, प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खोजतलास गर्दा सुकदेवचोकबाट निजलाई यही भदौ १६ गते नै हिरासतमा लिएको थियो । जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई पक्राउ परेका कुर्मीमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here