चन्द्रपुर, १९ भदौं । चन्द्रपुर नगरपालीका वडा नं. १ मंगलपुरमा दलित महिलाहरुलाई सेनेटरि प्याड वितरण गरिएको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने दलित महिलाहरुलाई मध्यनजर गर्दौ रातहट जिल्लाका नेपाली काग्रेंस क्रियाशिल नेतागणहरुले सेनेटरि प्याड गरेका हुन । प्याड टु सस्ंथाको सहयोगमा युवा नेताहरुले चन्द्रपुर वडा नं. १ मा बस्ने ३०० दलित महिलालाई सामाग्री बितरण गरेका हुन । नेपाली कागें्रसका महासमिती सदस्य मिथिलेश मिश्रको प्रमुख आतिथ्यमा चलेको सेनेटरि प्याड बितरण कार्यक्रममा महाधिबेशन प्रतिनिधी सुर्य बहादुर थापा, नेपाल बिद्यायार्थी संघका जिल्ला अध्यक्ष श्यामहरि चौलागाँई, बिद्यायार्थी नेता गोपाल हुमागाँई, युवा नेता विश्व ठोकर, शुशिल अधिकारी, गणेश तिमल्सिना, बिरेन्द्र थापामगर, बज्र बहादुर परियार, जितन स्माईलि, ईन्द्र राना मगर, कमल राउत, झम्क प्रसाद खनाल, महिला नेतृ रुपा स्माईलि लगाएतको उपस्थीति रहेको थियो । जिल्लाका ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई रजश्वला, महीनावारीका बिषयमा ज्ञान कम भएकाले उनिहरुलाई संदेश सहित सेनेटरि प्याड बितरण गरिएको प्रमुख अतिथी मिश्रले बताए । महिनावारी भएको समयमा कसरी सरसफाइ गर्ने भन्ने विषय का बारेमा जानकारी समेत दिईएको उनले बताए । सेनेटरि प्याड लगाउँदा विभिन्न संक्रमण बाट बचाउने भएका कारण महिनावारी भएको समयमा सेनेटरी प्याड लगाउन आवष्यक रहेको महाधिवेशन प्रतिनिधी सुर्य बहादुर थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here