जनकपुर,२० भदौ । अब प्रदेश २ मा ट्रायल पास गरेकै दिन हातमा लाइसेन्स पाउने भएको छ । यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकैदिन सवारीचालक अनुमति पत्र (लाइसेन्स)ं दिन सुरु गरको हो । एकवर्ष परीक्षण कालहुने छुट्टै लाइसेन्स वितरण सुरु गरेको हो । ट्रयल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुख पोषन थापाले जानकारी दिए । एकवर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालिन लाइसेन्स वितरण सुरु गरेको बताए ।
लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
पछिल्लो समय स्मार्ट काड छपाई सादा कार्ड नभएर बन्द भएको हो । छापिए पनि ढिला गरी सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ । एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुख थापाको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here